ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन कांग्रेसको ह्विप

१८ चैत्र २०८०, आइतबार
१८ चैत्र २०८०, आइतबार

हेटाैँडा ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन विपक्षी नेपाली कांग्रेसले ह्विप जारी गरेको छ। आज (आइतबार) ललितपुरमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरूमा ह्विप जारी गरेको हो।

कांग्रेस बागमतीका सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँ तथा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामा समेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

‘बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सभा संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएपश्चात् नेपाली कांग्रेस बागमती प्रदेशले मिति २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा मिति २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसले राजीनामा दिई बाहिरिएको र बागमती प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको अवस्थामा मिति २०८० चैत्र १९ मा मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेकोले नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरियो’ प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

बागमती प्रदेश सभामा कांग्रेस ३७ सिट सहित सबैभन्दा ठूस्लो दलको हैसियतमा छ। गत २३ फागुनमा सरकारबाट बाहिरिएको कांग्रेसले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो।

अल्पमतमा परेको २७ औं दिनमा मुख्यमन्त्री जम्कट्टेलले सोमबार प्रदेश सभा बैठकबाट विश्वासको मत लिने भएका हुन्। सात राजनीतिक दलको ११० प्रदेश सभा सदस्य रहेको बागमतीमा सरकारलाई ५६ सांसदको समर्थन आवश्यक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?