ट्रेंडिंग:

>> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ?

बुटवल उपमहानगरद्वारा समूहमा आवद्ध महिलाहरुलाई तालिम

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल ।

बुटवल उपमहानगरपालिका स्थानीय विकास कोष सञ्चालन समितिको आयोजनामा शुक्रबारदेखि समूहमा आवद्ध महिलाहरूका लागि उद्घोषण, बैठक सञ्चालन, माइन्युट लेखन तथा लेखा ब्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको बुटवल– १७ को भाटामा शुक्रबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले नगरका ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप र उत्पादनसँग जोडेर जिवनस्तर माथि उठाउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

नगरवासीलाई सीप र उत्पादनसँग जोडेर आय आर्जन बृद्वि गराउने उद्देश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेको बताउँदै नगर प्रमुख पाण्डेयले आत्मनिर्भर बन्न जस्तोसुकै सीपमूलक तालिम दिन उपमहानगरपालिका तयार रहेको जानकारी गराए ।

बुटवल उपमहानगरपालिका वडा नं १४ देखि १९ सम्मका लागि सञ्चालित कार्यक्रम यो कार्यक्रमले ती वडाका जनताको जिवनस्तर माथि उठाउन महत्त्वपूर्ण हुने विश्वास ब्यक्त गर्दै उनले कार्यक्रमबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले नाम जे भए पनि यो कार्यक्रम गरिबी निवारण कोष भएको भन्दै ्यसको उद्देश्य महिला सशक्तिकरण र गरिबी निवारण गर्नु रहेको बताइन् ।

निम्न वर्गका मानिसहरूले उठाएको रकम सस्तो दरमा उनै समुदायमा परिचालन गरेर उद्ममशील बनाउने योजना अनुसार कार्यक्रम सञ्चालन भएको बताउँदै उनले सबै घरका महिलालाई कुने न कुनै सीपसँग जोडेर आत्मनिर्भर बनाउने उपमहानगरपालिकाको योजना रहेको उल्लेख गरिन् ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका स्थानीय विकास कोष सञ्चालन समितिका अध्यक्ष शिव रानाले कोषमा आवद्ध विभिन्न सामुदायिक संस्था र उक्त संस्थाका सदस्यहरूको संगठन, बचत र सीप विकासको माध्यमबाट सामाजिक रूपान्तरण प्रक्रियालाई अगाडि बढाई मध्यम तथा बिपन्न बर्गका नागरिकहरूलाई आफ्नो काम, कर्तव्य तथा हक, अधिकारका बारेमा सचेत गराउनुका साथै सामाजिक परिचालन मार्फत विकासको मूल प्रवाहमा ल्याउन कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका भित्र ६० सामुदायिक संस्था करिब १५ सय सदस्य कोषमा आवद्ध रहेको जानकारी गराउँँदै उनले संस्थाका सदस्यहरूको आय आर्जन बृद्धि गर्न पशुपालन ब्यापार ब्यवसाय सञ्चालनका लागि न्युनतम ब्याजदरमा घुम्ती कोषको रूपमा ऋण पुँजी लगानी गरेको बताए ।

त्यसका अलावा कोषले सदस्यहरूको विभिन्न रचनात्मक तथा ब्यावहारिक र सैद्धान्तिक क्रियाकलापमा सहभागी गराई उनीहरूको दक्षता र क्षमताको विकास गराई थप उर्जाशील, चेतनशील एवं सक्रिय जिवनयापनका लागि उद्घोषक, बैठक सञ्चालन, माइन्युट लेखन तथा लेखा ब्यवस्थापन तालिम सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १९ वडा अध्यक्ष चन्द्र सि थापा, कोष सञ्चालन समिति सदस्य प्रेमनारायण पाण्डेलगायतले कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी गराएका थिए ।

दुई चरणमा गरी तालिममा १२० जनाको सहभागी रहेको कार्यक्रमको सहजीकरण गरेका दीपु मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?