© 2026
गैंडहवा, १८ फागुन ।
रुपन्देहीको कन्चन गाउँपालिका सुनगाभा सामुदायिक बिकास केन्द्रको आयोजना तथा कन्चन गाउँपालिकाको आर्थिक सहयोगमा प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तीन दिने तालिम कार्यक्रमको सुरुवात भएको छ
कार्यक्रमको उदघाटन गर्दै कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले सहभागीले सिकेका कुरा समाज रुपान्तरणमा लाग्नुपर्ने बताउँदै सुनगाभा सामुदायिक बिकास केन्द्रले कन्चनको शैक्षिक, आर्थिक हरेक क्षेत्रमा सकारात्मक सहयोग पुर्याएको भन्दै सहभागी सम्पूर्णलाई तीन दिने तालिमबाट सिकेर प्रस्तावना तथा प्रतिवेदन लेखन आफ्नो दक्षता क्षमता बढाउन शुभकामना दिए ।
कार्यक्रममा सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर केसीले प्रशिक्षार्थी प्रस्तावना र प्रतिवेदन लेखनको बारेमा आवश्यक पर्ने कुराको बारेमा जानकारी दिएका हुन् ।
कार्यक्रममा अध्यक्षत्ता सुनगाभा सामुदायिक बिकास केन्द्र कन्चनको अध्यक्ष अमृता थापाले कार्यक्रममाथि प्रकाश पार्दै सहभागी सम्पूर्ण लाई शुभकामना दिएका थिए । कार्यक्रममा सहजीकरण लक्षमण सुनार उषा सुनार अस्मिता पाण्डेले गरेकी थिइन् । कार्यक्रममा कन्चन साथी सन्जालकी कोषाध्यक्ष समीक्षा रानाले पनि आफ्नो धारणा राखेकी थिइन् । तालिममा ३८ जनाको सहभागिता रहेको छ ।