Butwal Today

शितगंगाले मगरदिवसमा दियो सार्वजनिक बिदा

१४ फाल्गुन २०८०, सोमबार
अ+
अ-

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फागुन १५ गते ४२ औँ मगर दिवसको अवसरमा नगरपालिकाभर सार्वजनिक बिदा दिने गरी निर्णय भएको नगर प्रमुख छविलाल पौडेलले जानकारी दिए ।

मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला शितगंगा नगरपालिकाले भने उनीहरूको माग सम्बोधन गर्दै बिदा दिएको छ । देशकै ठुलो नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको उपप्रमुख गिता भाटले बताईन् ।