Butwal Today

बुटवल उपमहानगरले दियो भोलि सार्वजनिक बिदा

१४ फाल्गुन २०८०, सोमबार
अ+
अ-

बुटवल ।

बुटवल उपमहानगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रेस विज्ञ सिपि खनालले बताए ।

मगर दिवसको अवसरमा तिलोत्तमा नगरपालिका सहित अन्य केहि पालिकाहरुले पनि विदा दिएका छन् । मगर समुदायले देशभरमै बिदा माग गरेता पनि सरकारले भने विदा दिएको छैन्। मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छन् ।