Butwal Today

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२७ माघ २०८०, शनिबार
अ+
अ-

आज मिति २०८० साल माघ २७ गते शनिबार। तदनुसार सन् २०२४ फेब्रुअरी १० तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४५। माघ शुक्लपक्ष, प्रतिपदा तिथि । धनिष्ठा नक्षत्र । प्रवर्द्ध योग। किस्तुघ्न करण। मकर राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ६.४८ / सूर्यास्तः १७.५० बजे ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
निकटस्थ आफन्त तथा दाजुभाईसँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भइनेछ । सरकारी निर्णयहरु तपाईका पक्षमा नहुन सक्छन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम खालको देखिन्छ ।पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवश्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरु लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवार तथा आमासँग छुट्टिएर टाढाको यात्रा हुने हुनाले मन केही चिन्तित हुनेछ। कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आजको दिन राम्रो छ । मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक तथा सामाजिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभचिन्तकहरुको साथ पाईने छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईको इमान्दारिताको सबैले कदर गर्नेछन् । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । मध्यान्ह पछिको समय केही कमजोर देखिन्छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक क्षेत्रमा ख्याति बढ्नेछ । आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि राम्रो छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृढ हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनीति तथा समाजसेवामा विशेष सफलताको सम्भावना देखिन्छ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएर कार्य गर्दा सफल भइएला ।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।