Butwal Today

रोहिणी गाउँपालिकाले दियो विद्यालयमा जाडो बिदा

२२ पुष २०८०, आइतबार
अ+
अ-

भैरहवा, २२ पुस ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा पुस २३ देखि २९ गतेसम्म विद्यालय बन्द हुने भएको छ ।

दिनप्रतिदिन चिसो बढेसँगै शितलहरको प्रकोप समेत बढेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एक साता विद्यालय बन्द गरिने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालय र मदरसा पुस २९ सम्म बन्द रहने अध्यक्ष यादवले जानकारी दिए ।