ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सल्यानमा लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच प्रदर्शन

१२ पुष २०८०, बिहीबार
१२ पुष २०८०, बिहीबार

सल्यान, १२ पुस ।

सल्यानको कालिमाटी गाउँपालिकामा मौलिक लोक गायन र नृत्य प्रतियोगिता संगै सोरठी र पैसरी नाच प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नव प्रतिभाहरुलाई पहिचान गर्दै लोक गायन र नृत्यको क्षेत्रलाई विकास गर्न र लोप हुने अवस्थामा पुगेका सोरठी पैसरी लगाएतका मौलिक लोक कला संस्कृतीको संरक्षण, सम्बद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पालिकास्तरीय सम्मेलन गरिएको हो ।

गाउँपालिकाका सातवटै वडाहरुबाट सम्मेलनमा प्रदर्शनी भएको थियो भने वडा स्तरबाट छनौट भएर आएका लोक गायन र नृत्यका प्रतियोगीहरुले धान्य पूर्णीमामा लाग्ने कालिमाटी मेलाको अवसरमा आयोजित कार्यक्रममा आआफ्नो प्रस्तुती राखेका थिए ।

गायन तर्फ यक्स डिसी पहिलो, धन बहादुर घर्ती दोश्रो, कल्पना वली तेश्रो र प्रतीक्षा राना सान्तवना भएको कार्यक्रम संयोजक शान्तराम सेन्चुरीले बताए । यस्तै नृत्य प्रतियोगिता तर्फ मिस्मा घर्ती, रुपा खनाल, पुजा बिक र जुना रेउले क्रमशः पहिलो, दोश्रो, तेश्रो र सान्तवना भएका थिए । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र सान्तवना स्थान हासिल गर्ने विजेताहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार संगै प्रमाणपत्र प्रदान गरिएको सेन्चुरीले जानकारी दिए ।

सम्मेलनमा कालिमाटी गाउँपालिका भित्रका ९ वटा र दांगको बबई गाउँपालिकाको एक समूह गरी १० वटा समूहले सोरठी तथा पैसरी नाच प्रदर्शन गरेका थिए । उनीहरुलाई सम्मान संगै प्रोत्साहन स्वरुप गाउँपालिका भित्रका समूहलाई प्रति समूह ४ हजार र पालिका वाहिरको समूहलाई २ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

लोक गायन तथा नृत्य प्रतियोगितामा वरिष्ट कलाकार प्रेमदेव गिरी संगै कलालकारहरु टिका सानु, शान्तराम सेन्चुरी, शेखर घर्ती मगर, अर्जुन रोका मगरले मुल्यांकन गरेका थिए । एचआर मिडिया हाउसको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । विकट गाउँबस्तीका मौलिक संस्कृति लोप हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त भइरहेको हुँदा संस्कृति पहिचान गर्न गाउँपालिकाले लगानी गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।

पछिल्ला पुस्ताहरु मौलिक कला संस्कृतिलाई भुल्दै पश्चिमा संस्कृतितर्फ आकर्षित भइरहेको बेला लोक कला संस्कृती र मौलिकताको महत्व बुझाउन र यस्ता कला संस्कृतीको संरक्षणमा टेवा पुर्याउन कालिमाटी गाउँपालिकामा सम्मेलन आयोजना गरिएको एचआर मिडिया हाउसका एचआर मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?