Butwal Today

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

११ मंसिर २०८०, सोमबार
अ+
अ-

आज मिति २०८० साल मार्गशीर्ष ११ गते सोमबार। तदनुसार सन् २०२३ नोभेम्बर २७ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४५। कार्तिक शुक्लपक्ष पुर्णिमा तिथि। कृतिका नक्षत्र। शिब योग। बब करण। वृष राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.३१ / सूर्यास्तः १७.०५ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय त्यति राम्रो छैन। जीवनसाथी तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ। व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला। ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेमको बन्धन कसिलो हुँदै जानेछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन उपलब्धिमुलक कामहरुमा व्यस्त भइएला । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । मावली पक्षबाट विशेष सहयोग प्राप्त होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आकस्मिक लाभको सम्भावना देखिन्छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।अचल सम्पत्ती हात लाग्ने सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घर परिवारसग सामान्य विषयमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । व्यावसायबाट सोचेअनुरुप फाइदा हात लाग्ला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको दिन खालका समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भइनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनको क्षेत्रमा विशेष सफलताको योग देखिन्छ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । पारिवारिक जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
हासखेलका साथ समयबिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । माया प्रेमको सम्बन्ध झन बलियो हुँदै जाने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्यमा केही असामान्य अवस्था सिर्जना हुनसक्छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट प्रशस्त लाभ प्राप्त गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आर्थिक लाभको योग रहेकोछ । तपाईको कार्यकुशलताको सबैले प्रशंसा गर्नेछन् । आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । अपरान्हपछि स्वास्थ्यमा केही समस्या देखिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्तबाट तपाईंलाई पुर्ण साथ मिल्नेछ । विभिन्न अवसरहरुले तपाईंको साथ दिनेछन् । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिवारका साथमा रमाइलो गरि दिन बित्नेछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने आफ्ना प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा सामीप्यता बढ्नेछ ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।