© 2026
आज मिति २०८० साल मार्गशीर्ष १ गते शुक्रबार। तदनुसार सन् २०२३ नोभेम्बर १७ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४५। कार्तिक शुक्लपक्ष चतुर्थी तिथि। पूर्वषाढा नक्षत्र। प्रवर्द्ध योग। बब करण। धनु राशीमा चन्द्रमा ।
सूर्योदयः प्रातः ६.२७ / सूर्यास्तः १७.९ बजे।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईको मन निकै अस्थिर रहनेछ । साथै महत्त्वपूर्ण काम पूरा हुनेछैन। प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ। बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ। छोटो दुरिको लाभदायक यात्रा हुने सम्भावना रहेकोे छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पूर्ण स्थिर रहेर काम सम्पन्न गर्नुहोला। यात्रा सफल हुने छैन। घरपरिवारबाट प्रेम र समर्थन प्राप्त गर्नुहुनेछ। लेखन क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाइनेछ । स्वास्थ्य राम्रो रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। शारीरिक र मानसिक रूपले ताजा र प्रसन्न अनुभव गर्नहुनेछ। साथी र परिवारसँग खुशीसाथ दिन बिताउनुहुनेछ। साथै उपहार प्राप्त गर्नुहुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा मतभेदका कारण पारिवारिक वातावरण केही तनावपूर्ण रहनेछ। मानसिक रुपले बेचैन रहनुहुनेछ। बोलिमा विशेष ध्यान राख्नुहोला। अत्यधिक खर्च हुनसक्ला। गलत धारणाबाट टाढा रहनुपर्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक कारोबारमा सफलता प्राप्त होला। उत्तम भोजन प्राप्त होला। साथीसँग रमणीय स्थानमा जान सक्नुहुनेछ। छोरासँग भेट्ने अवसर प्राप्त हुनेछ। कुनै शुभ प्रसंग प्राप्त हुनेछ। महिलावर्गबाट सहयोग प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम गर्ने योजना पूरा हुनेछ। व्यापारी र व्यवसायिक व्यक्तिको लागि लाभदायक दिन साबित हुनेछ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ जसकारण पदोन्नति हुन सक्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दुरिको रमाइलो यात्रामा जाने सुअवसर प्राप्त हुनेछ। विदेशमा बस्ने साथी र आफन्तबाट शुभ खबर प्राप्त गर्नुहुनेछ जसकारण तपाई निकै प्रसन्न रहनुहुनेछ ।स्वास्थ्यमा सुधारको अनुभव गर्नुहुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शारीरिक र मानसिक स्वास्थ्यमा केही समस्या देखिएला। रिसलाई नियन्त्रणमा राख्नुहोला। कुनै पनि अनैतिक काम र गतिविधिबाट टाढा रहनुहोला अन्यथा समस्यामा पर्नुहुनेछ। पानीबाट टाढा बस्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वादिलो भोजन तथा नयाँ कपडा प्राप्त गर्नुहुनेछ। नयाँ व्यक्तितर्फ आकर्षण रहनुको साथै उनीहरुसँगको भेट रोमाञ्चक रहनेछ। तपाईको विचार भने स्थिर रहनेछैन। प्रणय सम्बन्धमा सुखानुभुतिको अनुभव रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। व्यापारको विकासको लागि दिन फलदायक साबित हुनेछ। धन लाभको योग रहेको छ। सहकर्मीको सहयोग मिल्नेछ। तर अरुको भर पर्दा धोका पाउन सक्ने सम्भावना देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक तथा मानसिक रुपले निराश रहनुहुनेछ। आजको दिन कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु नै फाइदाजनक हुनेछ। शीर तथा आँखा सम्बन्धि समस्या देखापर्ला। निर्धारित कार्य पूरा नहुँदा निराश रहनुहुनेछ। मन अशान्त रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईको आजको दिन त्यति राम्रो छैन। आफन्त र साथीभाइसग वादविवाद हुन सक्ला। शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन सक्छ । कुनै पनि जटिल परिस्थिति उत्पन्न हुन सक्छ जसले समस्यामा पनि पार्न सक्ला।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।