ट्रेंडिंग:

>> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह

घोराहीको न्यायिक समितिमा उजुरी घट्दो

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

दाङ, २० कात्तिक ।

घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ प्रतिशत न्याय सम्पादन गरेको छ । उपमहानगरको कानुनी मामिला शाखाले सोमबार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म परेको कुल ७४ वटा उजुरीमध्ये २९ वटा विवाद मिलापत्र गर्न सफल भएको जनाएको छ । यो कुल विवादको उजुरीमध्ये ३९ प्रतिशत मिलापत्र रहेको छ । पछिल्लो समय पालिकाको न्यायिक समितिमा उजुरी पर्नेको संख्या पनि घट्दै गएको पाईएको छ ।

पत्रकार सम्मेलनमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १ बमोजिम उजुरी परेका १५ वटा र दफा २ बमोजिम उजुरी परेका १२ वटा र अन्य उजुरी अन्तरगत लेनदेन, घरायसी, झैझगडा, अंश, ऐलानी जग्गा विवाद १४ वटा र आर्थिक वर्ष २०७९–०८० बाट जिम्मेवारी सरी आएको ३३ वटा विवाद गरि कल ७४ वटा विवाद मध्ये २९ वटा विवाद दुवै पक्षलाई जीत– जीतको वातावरण बनाउँदै मिलापत्र गराउन सफल भएको जानकारी गराईएको छ । अब ४५ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको रफती मुद्दाको सुनुवाई प्रकृयामा रहेको न्यायिक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीले बताइन् ।

न्यायिक समिति संयोजक डिसीले दफा १ अनुसार आलीधुर, बाँध शीर्षकमा १ वटा, ज्याला मजदुरी नदिएको २ वटा, ज्येष्ठ नागरिक पालन पोषण तथा हेरचाहको १ वटा, नाबालक छोराछोरी वा पति पत्नीलाई खान लाउन, शिक्षा दीक्षा नदिएको ८ वटा, घर बहाल सुविधा २ वटा, संघियार जग्गा विवाद १ वटा गरि १५ वटा र दफा २ अनुसार, सरकारी सार्वजनिक जग्गा मिचेको ३ वटा, सार्वजनिक जग्गामा संरचना बनाएको ४ वटा, गाली बेईज्जती ३ वटा, अरुको जग्गा भोगचलन गरेको २ वटा गरी १२ वटा विवाद सम्बन्धी मुद्दा न्यायिक समितिमा पछिल्लो तीन महिनामा उजुरी परेका छन् ।

जसमा दफा १ बमोजिमको १५ उजुरी मध्ये ८ वटा फछ्र्यौट भएको छ । ७ वटा प्रकृयामा रहेको छ । दफा २ बमोजिमको १२ वटा उजुरी परेको र २ वटा मिलापत्र भएको छ । १० वटा विवाद प्रकृयामा रहेको छ । गत वर्षको जिम्मेवारी सरी आएको ३३ वटा विवादमध्ये १७ वटा मिलापत्र भएको र १६ वटा अझै प्रकृयामा रहेको छ ।

न्यायिक समितिले सम्पादन गर्दै आएको काममा वडा अध्यक्ष, टोल विकास संस्था, सरोकार निकायको भूमिका अहम् रहेको नगरप्रमुख नरुलाल चौधरीले बताए । उनले समुदायमा जटिल अवस्थामा रहेका पीडितलाई न्याय दिन सफल भएको हुँदा धेरै पीडितले नयाँ जीवनको थालनी गरेको बताए ।

सो अवसरमा न्यायिक समिति संयोजक डिसीले वडा तहबाट पनि न्याय दिने काम भईरहेको बताउँदै त्यहाँ पनि सम्भव नभए पालिकाको न्यायिक समितिबाट नगरबासीलाई छिटो छरितो रुपमा न्याय दिने काम भईरहेको बताइन् ।

सो अवसरमा, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कानुनी सल्लाहकार भुपबहादुर केसी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायत बोलेका थिए ।

उनीहरुले न्यायिक समितिले गर्दै आएको कामले पीडित बनेका थुप्रै नगरबासीले सहज रुपमा न्याय पाउन सफल भएको र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबैको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?