ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१३ कार्तिक २०८०, सोमबार
१३ कार्तिक २०८०, सोमबार

आज मिति २०८० साल कार्तिक १३ गते सोमबार। तदनुसार सन् २०२३ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। कार्तिक कृष्णपक्ष द्वितीया तिथि। भरणी नक्षत्र। चर योग। तैतिल करण। मेष राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.१३ / सूर्यास्तः १७.२० बजे।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उपयुक्त निर्णय लिन कठिनाई हुनेछ । साथै महत्त्वपूर्ण काम पूरा हुनेछैन। प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ। बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ। छोटो यात्रा हुन सक्ला। साहित्य लेखनको लागि शुभ दिन रहेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पूर्ण स्थिर रहेर काम सम्पन्न गर्नुहोला। अट्टेरी हुनुको सट्टा समाधानकारी रहनुहोला। आज गरिने यात्रा सोचेजस्तो सफल हुने छैन। घरपरिवारबाट प्रेम र समर्थन प्राप्त गर्नुहुनेछ। लेखन क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाइनेछ । स्वास्थ्य राम्रो रहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। शारीरिक र मानसिक रूपले ताजा र प्रसन्न अनुभव गर्नहुनेछ। साथी र परिवारसँग खुशीसाथ दिन बिताउनुहुनेछ। साथै उपहार प्राप्त गर्नुहुनेछ। आर्थिक लाभ होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा डर एवम् चिन्ताको अनुभव हुनेछ। परिवारमा मतभेदका कारण पारिवारिक वातावरण केही तनावपूर्ण रहनेछ। मानसिक रुपले बेचैन रहनुहुनेछ। बोलिमा विशेष ध्यान राख्नुहोला। अत्यधिक खर्च हुनसक्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक कारोबारमा सफलता प्राप्त होला। उत्तम भोजन प्राप्त होला। साथीसँग रमणीय स्थानमा जान सक्नुहुनेछ। छोरासँग भेट्ने अवसर प्राप्त हुनेछ। कुनै शुभ प्रसंग प्राप्त हुनेछ। वैवाहिक जीवन राम्रो रहनेछ र श्रीमतीको सहयोग प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम गर्ने योजना पूरा हुनेछ। व्यापारी र व्यवसायिक व्यक्तिको लागि लाभदायक दिन साबित हुनेछ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ जसकारण पदोन्नति हुन सक्ला। स्वास्थ्य स्वस्थ रहनेछ। पारिवारिक वातावरण रमणीय रहला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनुहुनेछ। छोटो दुरिको रमाइलो यात्रामा जाने सुअवसर प्राप्त हुनेछ। विदेशमा बस्ने साथी र आफन्तबाट शुभ खबर प्राप्त गर्नुहुनेछ जसकारण तपाई निकै प्रसन्न रहनुहुनेछ ।स्वास्थ्यमा सुधारको अनुभव गर्नुहुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। शारीरिक र मानसिक स्वास्थ्यमा केही समस्या देखिएला। रिसलाई नियन्त्रणमा राख्नुहोला। कुनै पनि अनैतिक काम र गतिविधिबाट टाढा रहनुहोला अन्यथा समस्यामा पर्नुहुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन आनन्दमा बित्नेछ । स्वादिष्ट भोजन तथा नयाँ कपडा प्राप्त गर्नुहुनेछ। नयाँ व्यक्तितर्फ आकर्षण रहनुको साथै उनीहरुसँगको भेट रोमाञ्चक रहनेछ। तपाईको विचार भने स्थिर रहनेछैन। प्रणय सम्बन्धमा सुखानुभुतिको अनुभव रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। व्यापारको विकासको लागि दिन फलदायक साबित हुनेछ। धन लाभको योग रहेको छ। सहकर्मीको सहयोग मिल्नेछ। तर अरुको भर पर्दा धोका पाउन सक्ने सम्भावना देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारीरिक तथा मानसिक रुपले निराश रहनुहुनेछ। आजको दिन कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनु नै फाइदाजनक हुनेछ। शीर तथा आँखा सम्बन्धि समस्या देखापर्ला। निर्धारित कार्य पूरा नहुँदा निराश रहनुहुनेछ। मन अशान्त रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईको आजको दिन त्यति राम्रो छैन। आफन्त र साथीभाइसग वादविवाद हुन सक्ला। शारीरिक तथा मानसिक स्वास्थ्य खराब हुन सक्छ । कुनै पनि जटिल परिस्थिति उत्पन्न हुन सक्छ जसले समस्यामा पनि पार्न सक्ला।

 

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?