Butwal Today

गैंडहवाका अध्यक्ष आफै झाडु लिएर सरसफाईमा

२६ आश्विन २०८०, शुक्रबार
अ+
अ-

गैंडहवा, २६ असोज ।

,रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ६ सुर्यपुरा बजार डेंगु रोग रोकथामको लागि सरसफाइ अभियान शुक्रबार सम्पन्न भएको छ । गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल आफै झाडु लिएर बजारमा सरसफाइमा निस्केपछि स्थानीय जनता स्वतः सरसफाइमा निस्केका थिए ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले “सरसफाइ आफ्नो ठाउँ आफै सफाइ राखौं” भन्दै सरसफाइ अभियान सन्चालन हुने बताउँदै मानव जगतमा सरसफाइ घरदेखि लिएर हरेक ठाउँमा सरसफाइ हुनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष बच्चुलाल केवटले सरसफाइसँगै आर्थिक मन्दीले थला परेको ब्यापार सबै मिलेर अगाडि बढाउनुपर्नेमा जोड दिए , कार्यक्रममा वडा अध्यक्ष, सदस्य, स्वास्थ्य स्वयंसेविका, ईलाका प्रहरी कार्यलय सुर्यपुरा, सुनगाभा सामुदायिक विकास केन्द्र, साथी संजाल लगायतको सरसफाइमा सहभागिता रहेको थियोे ।