Butwal Today

स्थानीय बालमैत्री शासन कार्यक्रम सञ्चालन

२२ आश्विन २०८०, सोमबार
अ+
अ-

पाल्पा, २२ असोज ।

तिनाउ गाउँपालिका पाल्पाले ३ बर्ष भित्र पालिकालाई स्थानीय बालमैंत्री शासन लागु भएको पालिका घोषणा गर्ने गरी काम थालेको छ । पालिकाले २०८३ साल भित्र बालमैंत्री शासन अभियान पूरा गर्न सरोकारवालाहरूको छलफलबाट २८ बुँदें कार्ययोजना बनाइएको छ ।

स्थानीय बालमैत्री शासन लागु गर्न मुख्य गरी बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकासका ५१ वटा सूचकहरू पुरा गर्नुपर्ने छ । ५१ वटा सुचकहरू पुरा गर्नको बजेट, जिम्मेवारी र समय सहितको कार्ययोजना बनाएर कार्यपालिकादेखि समुदायसम्मको जिम्मेवारी तोकिएको प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताए । स्थानीय बालमैंत्री शासन लागु गर्न १ करोड १२ लाख २० हजार रुपैया खर्च लाग्ने अनुगमान गरिएको छ । सहजकर्ता विष्णु प्रसाद चौबेले बालमैत्री शासनका अवधारणा, संवैधानिक व्यवस्था, नीतिगत निर्णय, विद्यालयका कामहरू, बालसमुह गठन, संस्थागत संरचनाको तयारी र घोषणा प्रश्चातको दिगोपना जस्ता बिषयमा सहजिकरण गरी कार्ययोजना तयार गरिएको हो ।

बालमैंत्री शासन लागु गर्न जनप्रतिनिधी, कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, खानेपानी उपभोक्ता समिति सहित सबै सरोकारवालाले आफ्नो जिम्मेवारी अनुसारको कार्य गरेमा निर्धारित सयममै घोषणा गर्न सकिने गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले बताए । बालमैंत्री शासन लागु गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, महिला तथा वालवालिका, पञ्जिकरण शाखा, विद्यालय बाल क्लवहरूको मुख्य जिम्मेवारी हुने छ । पालिकास्तरीय र वडास्तरीय सहजकर्ता परिचालन गरेर स्थानीय वालमैंत्री शासन आधारहरू तयार गरिने बालमैत्री कार्यक्रमका संयोजक सिनियर अहेव रिता कुमारी थापाले बताइन् । बगनासकाली र रम्भा गाउँपालिकामा स्थानीय वालमैत्री शासन लागु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?