Butwal Today

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

९ आश्विन २०८०, मंगलवार
अ+
अ-

आज मिति २०८० साल आश्विन ९ गते मङ्गलबार। तदनुसार सन् २०२३ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। भाद्र शुक्लपक्ष द्वादशी। श्रवण/धनिष्ठा नक्षत्र। लुम्ब योग। बब करण। मकर राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ५.५४ / सूर्यास्तः १७.५५ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। दिउँसोदेखि खर्च बढ्ने र काम रोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको सम्भावना रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहला । व्यापारमा घाटा लाग्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने अनावश्यक यात्रा हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पेसा व्यावसाय फलदायी रहनेछ। नाम, दाम र इनाम प्राप्त हुन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। नयाँ काम थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रतिपक्षीहरूलाई पनि पछि पार्न सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने देखिन्छ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यवसायभन्दा सेवामूलक कामबाट फाइदा हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।