ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता

९ आश्विन २०८०, मंगलवार
९ आश्विन २०८०, मंगलवार

पाल्पा, ९ असोज ।

पाल्पाको रामपुर नगरपालिकाले टोल– टोलमा पुुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफै बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैले मिलाउनुपर्ने भए पनि जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नुु परेपछि नगर सरकारले भने गाउँमै पुुगेर भत्ता दिन लागेको हो ।

नगर सरकारले पहिलो चरणमा दुरीका हिसाबले बैंकसम्म पुग्न टाढा रहेका वडाहरुबाट यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । जनताको सहजताको लागि वडा नं. १, ९ र १० का नागरिकलाई मध्यनजर गर्दै पहिलो चरणमा सेवा दिन लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताए । दुरी टाढा भएका कारण जेष्ठ नागरिकलाई बैंकसम्म पुग्नु पर्ने बाध्यता र लाईन बस्नु पर्ने सास्ती भएकाले यसको अन्त्यका लागि वडा कार्यालय र टोल टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम अघि सारेको उनले बताए ।

‘सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंक शाखाहरुसँगको छलफल पश्चात कृषि विकास बैंकसँग सम्झौता गरी आवश्यकताका आधारमा टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने सहमति गरेका छौँ’ नगर प्रमुख थापाले भने– ‘पहिलो चरणमा वडा नं. १, ९ र १० का नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’ साथै आवश्यकता अनुसार नगरका सबै वडा कार्यालय र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको नगर प्रमुख थापाले बताए । यस्तै रामपुर नगरपालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने थापाले बताए ।

सरकारले दिने सेवा सुविधा प्राप्त गर्न पनि धेरै समय र गाडी भाडा खर्चेर जानु पर्ने वडाबासीहरुको बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा वितरणको कार्यक्रम सञ्चालन गरिएको नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले बताए । जनतालाई घरदैलो मै सेवा दिनका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय र आवश्यकता अनुसार टोलमा पुगेर वितरण गरिने प्रवक्ता खाँणले बताए ।

यो कार्यक्रम अन्तर्गत कृषि विकास बैंक रामपुर शाखाले आइतबार रामपुर नगरपालिका वडा नं. १ को वडा कार्यालयबाट बैंक खाता खोल्न शुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता खाँदै आएका नागरिकको खाता खोल्नका लागि कृषि विकास बैंकको टोली वडा कार्यालय पुगेको थियो । खाता सञ्चालनका लागि फारम भर्ने काम वडा कार्यालयबाट गरिने र त्यस पश्चात वडा कार्यालयबाटै बैंकको चेक हस्तान्तरण गरिने बैंक रामपुर शाखाका प्रबन्धक केशवराज डोटेलले जानकारी दिए ।

पहिलो दिन वडा नं. १ को साँखर्दी, कुमैडाँडा, कठैडाँडा, मकैडाँडा, फुकलडाँडा, क्वाङ क्वाङ, गजबन्दी लगायतका स्थानका ९२ जना नागरिकको खाता खोल्ने काम भएको वडा सचिव तारानाथ पोखरेलले बताए । वडामा ४ सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता सुविधा लिंदै आएका छन् ।

यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन सदरमुकाम नै पुग्नुपर्ने भएकाले वृद्ध तथा अशक्तले झन्झट र दुःख सास्ती व्यहोर्नु परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?