ट्रेंडिंग:

>> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२४ भाद्र २०८०, आइतबार
२४ भाद्र २०८०, आइतबार

आज मिति २०८० साल भाद्र २४ गते आइतबार। तदनुसार सन् २०२३ सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। भाद्र कृष्णपक्ष एकादशी तिथि । पुनर्वसु नक्षत्र। ध्वज योग। बब करण। मिथुन राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ५.४७ / सूर्यास्तः १८.१३ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यवसायभन्दा सेवामूलक कामबाट फाइदा हुनेछ। लाभांश उठाउन हतार नगर्नुहोला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आर्थिक लाभ मिल्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर प्रतिपक्षीहरूलाई पनि पछि पार्न सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। चोटपटक लाग्ने योग देखिएकाले सजग रहनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। दिउँसोदेखि आफन्तहरू टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले व्यर्थैमा पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। दिउँसोदेखि दिगो काम थालनी गर्ने अवसर जुट्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। चाँडै लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछ।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?