ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रुरु क्षेत्र गाउँपालिकामा कार्मचारीसँग कार्यसम्पादन सम्झौता

१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार

बुटवल , १५ भदौ– गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आर्थिक बर्ष ०७९/०८० को वार्षिक समीक्षा तथा ०८०/०८१ को कार्य सम्पादन करार सम्झौता गरेको छ । कर्मचारीहरूको कार्यआदेश अनुसार काम समयमा नै सम्पन्न गर्नको लागि कार्य सम्पादन सम्झौैता गरिएको हो ।

पालिकामा एक र्काक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डे जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली को उपस्थितीमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँ कार्यपालिकाको कार्यालयबाट आ.व. ०७९/०८० मा सम्पादन गरेका विभिन्न कार्यक्रम तथा योजनाहरूको कार्यान्वयनको अवस्थाको बारेमा समीक्षा तथा अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख शाखा अधिकृत झविलाल वि.क., स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत छत्रबहादुर अधिकारी लगायत विभिन्न शाखा प्रमुखहरू तथा वडा सचिवहरूले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीसँग प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले विभिन्न ५१ वटा सूचकमा कार्य सम्पादन करार सम्झौता गरेका हुन । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतसँग विभिन्न १२ वटा शाखाका शाखा प्रमुख र ६ वटा वडाका वडा सचिवहरूले कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्य सम्पादन करार सम्झौता विभिन्न सूचकमा १०० पूर्णाङ्कमा कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन गरी ३/३ महिनामा प्रगती प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाईएको छ । कार्य सम्पादन करार सम्झौता मार्फत सार्वजनिक प्रशासन र व्यवस्थापन प्रणालीलाई कार्य सम्पादनमुखी, परिणाममुखी, जनउत्तरदायी र व्यावसायिक मूल्य मान्यताका आधारमा अघि बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

कार्यसम्पादन करार सम्झौताको सफलताका लागि स्पष्ट कार्यविवरण, आवश्यक अधिकार, भौतिक, वित्तीय र सूचना तथा ज्ञानसम्बन्धी स्रोत साधन र उपकरण सहित उचित व्यवस्थापकीय एवं प्रशासकीय स्वतन्त्रता र लचकता, जिम्मेवारी, विभिन्न सूचकहरू र उचित दण्ड र पुरस्कारको व्यवस्था मिलाउँदै रुरुक्षेत्र गाउँपालिकाले कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणालीमा आवद्ध गरी कर्मचारीलाई उत्प्रेरित बनाउन पुरस्कार र दण्डको व्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । उनले राष्ट्रसेवक कर्मचारीहरूले जनतालाई केन्द्रमा राखेर बिना झन्झट जवाफदेहीता सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न र नागरिक मैत्री कार्यालय बनाउनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकामा संचालन हुने विभिन्न योजना तथा कार्यक्रमलाई कार्ययोजना सहित परिणाममूखी बनाउन र जनताले अनुभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सम्पूर्ण कर्मचारीलाई दिएका थिए ।

वार्षिक समीक्षा गोष्ठीमा विगतका कमी कमजोरीहरूलाई सुधार गरी अझै परिस्कृत रूपमा कार्यक्रमहरू संचालन गर्न सबै कर्मचारीहरूलाई आग्रह गरे ।  कार्य सम्पादन करार सम्झौताले कर्मचारीलाई अनुशासनमा बाँधी जवाफदेहीता सहित कार्य गर्ने वातावरण सृजना गर्ने र सोको प्रतिवेदन नियमित रूपमा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने व्यवस्था मिलाईएको अध्यक्ष ज्ञवालीले बताए ।

कार्यक्रममा उपाध्यक्ष मिना देवी गौतमले प्रभावकारी सेवा प्रवाहमा सम्पूर्ण कर्मचारी र जनप्रतिनिधि लाग्नु पर्ने बताईन । जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले रुरुक्षेत्र अत्यन्त संभावना भएको सबल र सक्षम गाउँपालिका भएको हुँदा यहाँको युवा नेतृत्व र कुशल प्रशासकीयक नेतृत्वले गुल्मी जिल्लाको अब्बल स्थानीय तह बन्नेमा आफू ढुक्क भएको बताएका थिए । लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डेले रुरुक्षेत्र गाउँपालिका पूर्वाधार विकासमा अग्रणी स्थानमा रहेको गाउँपालिका रहेको र यहाँको युवा अध्यक्ष यदु ज्ञवालीले समग्र गाउँपालिकाको वृहत्तर हितको लागि अहोरात्र खटी काम गरेकोमा प्रंशसा गर्दै धन्यवाद दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?