Butwal Today

गौ हत्याको विरोधमा कपिलवस्तुमा सद्भाव -याली

१३ भाद्र २०८०, बुधबार
अ+
अ-

चन्द्रौटा(कपिलवस्तु), १३ भदौ ।

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा गौ हत्याको विरोधमा सदभाव ¥याली गरिएको छ । विश्व हिन्दु महासंघ शिवराज नगरपालिकाको आयोजनामा बुधबार शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा ¥याली परिक्रमा गरिएको जनाइएको छ ।

¥यालीमा सहभागीहरुले गौ हत्यारालाई कारवाही गर, सामाजिक सद्भाव कायम गर, राष्ट्रिय एकता कायम गर, धार्मिक सहिष्णुता कायम गर जस्ता नारा लगाएका थिए । उनले आफूहरुको आस्थामाथि खेलबाड गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । प्रदर्शनमा उत्रिएकाहरुले गौ हत्याका दोषीलाई कारबाही गर्नुपर्ने नारा बाजी गरेको महासंघले जनाएको छ ।