Butwal Today
राशीफल

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

९ भाद्र २०८०, शनिबार
अ+
अ-

आज मिति २०८० साल भाद्र ०९ गते शनिबार। तदनुसार सन् २०२३ अगष्ट २६ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। शुद्ध श्रावण शुक्लपक्ष दशमी तिथि । मूल नक्षत्र। विष्कुम्भ योग। तैतिल करण। वृश्चिक राशीमा चन्द्रमा।

सूर्योदयः प्रातः ५.३९ / सूर्यास्तः १८.३१ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन राम्रो छ । सामाजिक ईज्जत,प्रतिष्ठा बढेर जानेछ । सामाजिक क्षेत्रमा तपाईको तारिफ बढ्ने छ । धार्मिक तथा सास्कृतिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम खालको देखिन्छ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवश्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिएमात्र नाफा कमाउन सकिनेछ सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरु लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिवार तथा आफन्तसग छुट्टिएर टाढाको यात्रा हुने हुनाले मन केही चिन्तित हुनेछ। कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रस्ताव आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनीति तथा समाजसेवामा विशेष सफलताको सम्भावना देखिन्छ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएर काम गर्दा सफलता प्राप्त गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक क्षेत्रमा ख्याति बढ्नेछ । आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि राम्रो छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा हात लाग्नेछ । तपाईको इमान्दारिताको सबैले कदर गर्नेछन् । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । मध्यान्ह पछिको समय केही कमजोर देखिन्छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय बित्नेछ । परिवारजनको सहयोग पाईने छ । मध्यान्ह पछिको समयमा आर्थिक अवस्था केही कमजोर देखिन्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नभएको राम्रो देखिन्छ ।

 

लेखक : नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?