ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

चार दशकपछि हलिउडमा हड्ताल, पहिचान हुदै प्रशारण अर्थतन्त्रको समस्या

३१ असार २०८०, आइतबार
३१ असार २०८०, आइतबार

एजेन्सी, ३१ असार    ४३ वर्षको इतिहासमा गत हलिउडमा हडताल भएको छ । शुक्रबार करिब १ लाख ६० हजार संगठित कलाकार हड्तालमा उत्रिए । सन् १९६० देखि हलिउडमा कुनै पनि हड्ताल भएको थिएन । हलिउडका बादशाहहरुलाई दिइने तलब सुविधा र आफूले पाउने पारिश्रमिकबीचको अन्तर र स्ट्रिमिङ उद्योगबाट उचित रकम नपाइएको भन्दै उनीहरुले ११ हजार ५ सय पटकथा लेखकले सुरू गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

पटकथा लेखकहरूले आफूहरूको पेशा यान्त्रिक बौद्धिकता (एआई) का कारण संकटमा रहेको भन्दै हड्तालमा थिए । हड्तालबारे कलाकार युनियनका अध्यक्ष फ्रान डेस्चर भन्छन– ‘मैले द न्यानीमा अभिनय गर्दासम्म थोरै काम गर्दा पनि सबैले धेरै पैसा पाउँथे । अहिले त अनिश्चयको स्थिति छ ।’

यही समयमा हलिउडको परम्परागत व्यापारको थलो बक्स अफिस र टेलिभिजन च्यानल दुबै ध्वस्त छन् । महामारीपछि यस वर्ष चलचित्र व्यवसाय फस्टाउने अपेक्षा गरिएको थियो ।

महामारीको समयमा बन्द भएका सिने तथा नाट्यघर विस्तारै जुर्मुराउने अपेक्षा राखिएको थियो । सिनेघरहरूले यसको सांस्कृतिक औचित्यको पुनः पुष्टि गर्ने अपेक्षा लिइएको थियो ।

तर चलचित्रको टिकट बिक्री दर सन् २०१९ को तुलनामा हाल २१ प्रतिशतले कमी आएको बक्स अफिसको तथ्यांक राख्ने संस्था कमस्कोरको भनाइ छ । अमेरिका र क्यानडामा यस वर्षको हालसम्मको स्थितिमा ४ अर्ब ९० करोड डलरको टिकट बिक्री भएको छ ।

सन् १९८० को दशक, भीसीआरको जमानामा होस् वा महामारीको समयमा फस्टाएको ओटीपी चलचित्र तथा टेलिभिजन व्यवसायीहरूले केही न केही तनाव झेलिरहेका छन् । उनीहरू समस्या पहिल्याउँछन् तर समाधानका लागि कसैसँग कुनै उपाय भने छैन ।
‘स्पाइडर म्यान ः अक्रस द स्पाइडर भर्स’ को टिकट पनि उत्साहजनक रूपमा विक्री नभएपछि महँगा चलचित्रका निर्माता तथा त्यसमा काम गरेका कलाकार निराश छन् । त्यसको सुचीमा पर्ने चलचित्रहरु हुन् ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’, ‘एलिमेन्टल’, ‘द फ्ल्यास’, सजाम! फ्युरी अफ गड’, ‘द लिटल मेरमेड’ र ‘फास्ट एक्स’।

सन् २०२७ मा विश्वभर हलिउडको टिकट बिक्री ७ अर्ब २० करोड डलर पुग्ने अपेक्षा राखिएको छ । सन् २०१९ मै ७ अर्ब ९० करोडको टिकट बिक्री भएको थियो । टिकट व्यापार विस्तारै खस्किरहेको छ ।

सन् २०२७ मा केबल टेलिभिजन वा भू–उपग्रह टेलिभिजन घरमा राखेर पैसा तिर्नेको संख्या ५ करोड मात्रै हुने प्रक्षेपण गरिएको छ । सात वर्षअघि यो संख्या १० करोड थियो । हाल यो संख्या ६ करोड ४० लाखमा खुम्चिएको छ ।

‘परम्परागत शैलीमा टेलिभिजन हेर्नेहरूको संख्या हाल निकै खस्किएको छ’, प्रशारण विश्लेषक मिचेल न्याथनसन भन्छन् । ‘डिज्नी’, ‘एनबीसी युनिभर्सल’, ‘प्यारामाउन्ट ग्लोबल’, डिस्कभरी जस्ता च्यानलहरूले दशकदेखि नै नाफा आर्जन गर्न सकेका छैनन् । यिनीहरूको स्टक मूल्यमा अस्थिरताको परिणामले पनि त्यसको संकेत गर्छ । डिज्नीको शेयर मूल्य ५५ प्रतिशतले कमी आएको छ ।

यता एमटिभी, सिबिएस जस्ता च्यानल चलाउने प्यारामाउन्ट ग्लोबलको शेयर मूल्यमा पनि ८३ प्रतिशतले गिरावट आएको छ । बिहीबार मात्रै डिज्नीका सहायक च्यानलहरू एबीसी एफएक्सलाई बिक्री गर्ने निर्णय प्रमुख कार्यकारी रोबर्ट ए इगरले लिएका छन् ।

‘परम्परागत टिभी च्यानलको खस्कँदो बजारलाई हामीले आत्मसात गर्नैपर्छ । अर्को भाषामा भन्नुपर्दा यसको युगनै अब समाप्त भयो भन्दा हुन्छ’, उनले भनेका छन् । प्रशारणको दुनिँया अहिले फेरिएको छ । अब ग्राहकहरू डिज्नी प्लस, म्याक्स, हुलु, प्यारामाउन्ट र पिककतर्फ अघि बढेका छन् । त्यसैले हलिउडका ठूला कम्पनीले पनि अनलाइन प्रसारणतर्फ लगानी बढाएका छन् । नेटफ्लिक्सले यसको बजार कब्जा गरेको थियो । विस्तारै एमेजन आयो । अहिले एप्पल पनि यसमा जोडिएको छ ।

यदि मनोरञ्जन कम्पनी प्रतिस्पर्धी हुन चाहन्छन् भने अब एकमात्रै उपाय उनीहरुसँग छ । मनोरञ्जन दुनियाँ पनि अब प्रविधि कम्पनीको कब्जामा पुगेको छ । यो वास्तविकता हो यो कुनै अपमान होइन’, एप्पल र एमेजनलाई लक्षित गर्दै मिडिया भेट्रान ब्यारी ड्रिलर भन्छन् ।

मनोरञ्जन दुनियाँ अब सबैको हिस्सा हुने भएको छ । ‘मनोरञ्जन दुनियाँको व्यापार प्राथामिकताको नभएपनि अब सबैको हिस्सा हुँदैछ । प्रविधि कम्पनीको प्रभाव र प्रभुत्वको कारण विस्तारै उनीहरूकै कब्जामा पुग्नेछ’, ड्रिलरले भने ।

केही वर्षअघि नेटफ्लिक्सले सब्सक्राइबर खस्किएको प्रतिवेदन निकाल्यो । त्यसपछि वालस्ट्रिटको पनि यसमा मन जान थाल्यो । अहिले उसले सब्सक्राइबरको हिसाबकिताब र नाफाको मुल्यांकन राख्दैन । बक्स अफिस खस्कँदै जाँदा विस्तारै यसको बजार बढ्ने निश्चित नै छ ।

डिज्नी प्लस, प्यारामाउन्ट प्लस र म्याक्सका कम्पनी नाफामै छन् । तर उनीहरूले आफ्नो खर्च कटौती गर्दै १० औँ हजारको जागिर खारेज गरिदिए । तीनका स्टुडियोले पनि नयाँ कार्यक्रम उत्पादन गर्न छोडेका छन् ।

डिस्कभरीका अनुसार म्याक्स सन् २०२३ भित्र नाफामा जानेछ । डिज्नीले सन् २०२४ भित्र नाफामा पुग्ने बताएको छ । प्यारामाउन्टले भने नाफा घाटाको प्रक्षेपण गरिसकेको छैन । हाल कलाकारहरूको युनियनले गरेको मागका कारण अनलाइन प्रशारणको नाफामा केही असर पुग्ने चिन्ता प्रकट भइरहेको छ । ‘छोटो अवधिमा केही दुःख होला तर कलाकारका सबै माग पूरा हुने स्थितिमा अनलाइन प्रशारण उद्योगमा धेरै दुख आउनेछ’, हेल बेरी भन्छन् ।

अहिलेको अवस्थाले विनाशकारी र लामो गतिरोध इंगित गर्छ । ४० वर्षदेखि यो उद्योगमा रहेकाहरूले हलिउडमा अनौठो र अहिलेसम्मकै उच्च आक्रोश देखापरेको बताउँछन् । गत शुक्रबार केही कलाकारहरूले अनलाइन प्रसारणको चर्को विरोध गरे । उनीहरूले आफूहरूलाई भनिए अनुसारको र सम्झौता अनुसारको तलब नदिएको भन्दै विरोध जनाए ।

‘हामीलाई सम्झौता अनुसारको सुविधा पनि नदिने अनि हाम्रो माग वास्तविक धरातलमा नरहेको भनेर पनि आलोचना गर्ने कुरा सह्य हुँदैन’, डिज्नरले भनिन् ।

आगामी साताभित्र स्टुडियोहरुले लेखक तथा कलाकारसँगका सम्झौता रद्ध गर्ने तयारी गरेका छन् । उनीहरूसँग गरिएका सम्झौता पुनर्विचार गर्ने पनि तयारी छ । केही अप्रत्यासित स्थिति देखापरेको खण्डमा क्षतिपूर्तिबिनै गरिएका सम्झौता रद्ध हुनेगरी अब सम्झौता बनाउने तयारी स्टुडियोको छ । यसले राइटर्स गिल्ड अफ अमेरिका साग–आफ्त्रा र कलाकार युनियनलाई पनि प्रभाव पार्नेछ । यसले व्यापारलाई झन् ठूलो चुनौती थप्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?