ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

बढ्दै रासायनिक मलको कालोबजारी, मारमा उपभोक्ता

अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।
१ असार २०८०, शुक्रबार
१ असार २०८०, शुक्रबार

पाल्पा, १ असार ।

बालीनाली लगाउने समयमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर निकै सास्ती खेप्नु परेको छ। मल अभाव भएपछि महँगोमा खरिद गरेर खेतबारीमा प्रयोग गर्न यहाँका किसान बाध्य छन्।

सरकारले अनुदानमा उपलब्ध गराउने मलको तुलनामा प्रतिकिलो दोब्बर–तेब्बर बढी मूल्य तिरेर मल खरिद गरिरहेको किसान टेकनाथ भुसालले बताए। “केही सहकारी सञ्चालक र व्यापारीले मनपरी ढंगले अवैध रूपमा मल खरिद बिक्री गर्ने गरेको भेटिएको छ । रामपुर क्षेत्रमा रासायनिक मलको कालोबजारी बढ्न थालेको छ”, उनले भने। उनका अनुसार खेती लगाउने समयमा हरेक वर्ष मलको हाहाकार हुँदा किसानले प्रतिकिलो रु एक सयभन्दा बढी मूल्य तिरेर मल खरिद गर्नुपर्ने बाध्यता छ।

“खेतबारीमा बालीनाली लगाउने बेलामा मलको समस्या सधैँ भोग्नु परिरहेको छ। कालोबजारीमा मल खरिद गरी व्यापारीले मनपरी ढंगले बिक्री गरिरहेका छन्। किसान भने चर्को मूल्यमा खरिद गर्न बाध्य छौँ” उनले भने, “पछिल्लो समय लुकिछिपी अवैध रूपमा मल खरिद बिक्री गर्ने गरेको भेटिएको छ।”

रामपुरमा हिजोआज अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।

रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारी संस्थाले सरकारको अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको प्रहरीले फेला पारेर मल फिर्ता गराएको छ। उक्त घटना सेलाउन नपाउँदै ठूलो परिमाणमा प्रहरीले रामपुरबाटै अवैध मल बरामद गरेको छ।

सहकारीले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा वडा प्रहरी कार्यालय वालिङले जेठ १८ गते राति ४० बोरा युरिया मल फेला पारेर नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको मल जेठ १९ गते साँझ रामपुर नगरपालिकालाई प्रहरीले बुझाएको थियो। सहकारीले गरिमा एग्रोलाई प्रतिबोरा रु एक हजार ५० का दरले बिक्री गरेको जनाएको छ।

यही जेठ २७ गते प्रहरीले पाल्पाबाट एक हजार २२ बोरा अवैध युरिया मल बरामद गरेको छ। जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट सो मल एकैदिन प्रहरीले फेला पारेको हो। रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले रामपुरका लागि गाडीमा लिएर आउँदै गरेको तीन सय ७२ बोरा मल जेठ २७ गते बिहान करिब सवा ८ः१५ बजे फेला पारेको थियो।

नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार सात सय ४० किलो अर्थात् तीन सय ७२ बोरा रु दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको थियो। बिलमा क्रेता र पान नं फरक–फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ। मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

सोही दिन दिउँसो रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठा (भाडामा दिइएको सटर) मा अवैध रूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको थियो। सो मल अझै पनि कसले भण्डारण गरेर राखेको छ खुल्न भने सकेको छैन।

रामपुर बेझाड बजारको एक सटरबाट नियन्त्रणमा लिइएको छ सय ५० बोरा (प्रतिबोरा ४५ किलो बराबरको तौल छ) अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

गत जेठ २९ गते राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा सिल गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको हो। रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि प्रनाउ थापासहितको टोलीले स्थलगत रूपमा अनुगमन गरेको थियो।

स्थानीय मल वितरण व्यवस्थापन समितिले (हराभरा कृषि सहकारीले बिक्री गरेको मल) जफत गरिएको ४० बोरा युरिया मल रामपुर नगरपालिकाका अन्य बिक्रेतालाई बिक्री गरी आम्दानी नगरपालिकाको राजस्व खातामा जम्मा गरिने निर्णय भएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए। उनका अनुसार तोकिएको कार्य क्षेत्रभन्दा बाहिर सम्बन्धित सहकारी संस्थाको अनुगमन, संयोजक र बिक्रेता कर्मचारीको मिलेमतोमा समितिलाई कुनै जानकारी नदिई मल बिक्री गरिएकाले उक्त बिक्रीमा संलग्न व्यक्तिलाई जिम्मेवारी पदबाट हटाउने र जफत मल बराबरको रकम सम्बन्धित व्यक्तिबाट असुर उपर गर्ने निर्णय समितिले गरेको छ।

चारैतिरबाट रामपुरमा सवारीसाधन भित्रिने तथा यस क्षेत्रलाई मुख्य स्थान बनाएर आवतजावत गर्ने भएकाले पछिल्लो समय अवैध रूपमा विभिन्न माल सामान लुकाएर ल्याउने कार्य बढ्न थालेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। सुरक्षा व्यवस्था कडा पार्नुपर्ने भन्दै सुरक्षाका लागि थप जनशक्ति आवश्यकता पर्ने उनको भनाइ थियो।

“रामपुर अहिले प्रमुख नाकाको रूपमा विकास भएको छ, जनघनत्व बढेसँगै व्यापार व्यवसाय फस्टाउन थालेको छ,” उनले भने, “नगर सरकारले बजार अनुगमन कार्यलाई तीव्रता दिइरहेको छ, कालीगण्डकी करिडोर सडकले जोडेकाले सुरक्षामा पनि चुनौती थपिएको छ।”

निर्माणाधीन कालीगण्डकी करिडोर सडकखण्डको बाटो हुँदै नारायणघाटसँग सिधा रामपुर जोडिएपछि अवैध रूपमा कालोबजारी बढ्न थालेको नगरप्रमुख थापाले बताए। पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको रामपुरमा बस्ती तथा व्यापार व्यवसाय बढ्दै गएको छ। बुटवल, नारायणघाट, पोखरासँग सिधा जोडिएकाले पनि लुकिछिपी अवैध रूपमा कारोबार गर्ने घटना सार्वजनिक हुन थालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?