ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
अन्तरवार्ता

‘चुनावको बाचा पुरा गर्दै छौं’

सल्यान जिल्लाका साबिकका काभ्रा, काँरागिठी, फलाबाङ र त्रिवेणी गरी चार गा.वि.स.लाई समावेश गरी त्रिवेणी गाउँपालिका स्थापना भएको हो । शारदा खोला, लुहाम खोला र घुर खोलाको संगम स्थल भएकाले नै यस पालिकाको नाम त्रिवेणी गाउँपालिका राखिएको बताइन्छ । यस गाउँपालिकामा दोश्रो कार्यकालका लागि अध्यक्ष पदमा खिमबहादुर रावतले आफ्नो जिम्मेवारी निभाउँदै छन् । पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसरमा बुटवल टुडे कर्मी शंकर केसीले त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष रावतसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
८ जेष्ठ २०८०, सोमबार
८ जेष्ठ २०८०, सोमबार

एक बर्षमा के के काम गर्नुभयो ?
हाम्रो देशको संघीय शासन प्रणाली अन्तर्गत तीन तहको सरकार मध्ये स्थानीय सरकारको नेतृत्व गर्ने पहिलो अवसर मलाई प्राप्त भयो । सुरुका दिनहरूमा केही अलमल जस्तो महसुस भएपनि सबैसंगको समन्वय, सहकार्य र यस अघि विभिन्न सामाजिक कार्यमा संलग्न भएकाले सरकार सञ्चालनमा त्यस्तो असजिलो वा जटिलता भोग्नुपरेको छैन । निकै सम्भावाहरूले भरिएको हाम्रो त्रिवेणी गाउँपालिकालाई समृद्धिको बाटोमा अघि बढाउन जिम्मेवार पूर्वक र उत्साहको साथ लागिपरेको छु ।

पालिकामा भएका मुख्य मुख्य काम के के हुन ?
–गाउँपालिकाको समग्र विकासका लागि गर्नुपर्ने काम धेरै नै छ । त्रिवेणीको पहिलो कार्यकालमा निवर्तमान जनप्रतिनिधीहरू तथा कर्मचारी लगाएत आम सरोकारवाला र नागरिकहरूको प्रयत्नमा जे जती उपलब्धीहरू प्राप्त भएका छन्, ती सबै उपलब्धीलाई रक्षा गर्दै थप प्रभावकारी काम गर्ने उद्देश्यले हामी लागिपरेका छौँ । खासगरेर सडक, खानेपानी, भवन निर्माण, सिंचाई संगै कृषि तथा पशुपालनका क्षेत्रमा काम गरेका छौँ । लुहाम फालावांग हुँदै दांगको मखनटाकुरी जोड्ने सडकको स्तरोन्नती, कोलचौर तथा राजागिठीमा लिफ्ट प्रणालीको खानेपानी योजना, स्वास्थ्य चौकी काभ्राको भवन निर्माण, वडा नम्बर २ मा पनि स्वास्थ्य चौकीको भवन निर्माण, जनता मावि काभ्रामा दुईवटा भवन निर्माणका काम हामीले यो अवधिमा गरेका छौँ । यस्तै वडा नम्बर १, ४ र ५ मा पनि विद्यालय भवन निर्माण गरेका छौँ भने ४ वटा भन्दा बढी सिंचाई कुलो निर्माण योजना संगै अन्य विभिन्न साना योजनाहरू पनि सम्पन्न गरेका छौँ ।

चुनावमा गरिएका बाचा कति पुरा भए ?
–चुनावको बेला कस्तो प्रतिवद्धता गरिन्छ भन्ने कुरामा यो विषय सम्बन्धीत हुन्छ जस्तो लाग्छ । सस्तो लोकप्रियताका लागि जे पनि वाचा गर्नहुँदैन । मैले त गर्न सकिने, हाम्रो क्षमताले भ्याउने खालको काममा मात्रै प्रतिवद्धता जनाएको थिएँ ।
ले एमविविएस सहितको स्वास्थ्य सेवा दिने भनेका थियौँ । त्यो पुरा भएको छ । यस्तै हामीले गरेको प्रतिवद्धता अनुसार किसानलाई उन्नत विउविजन तथा कृषि यन्त्रमा सहुलियत प्रदान गरेका छौँ । प्रतिवद्धता अनुसार नै हामीले शिक्षक दरबन्दी मिलान गरी ठाउँ अनुसारको विद्यार्थी अनुपातमा शिक्षक पदपुर्ती गरि पठनपाठनमा सहजता ल्याउने कार्य पुरा हुँदैछ । त्रिवेणीलाई उज्यालो बनाउने अभियान अन्तीम चरणमा छ । विकट र ग्रामिण बस्तीमा समेत विद्युत विस्तार भएको छ । मतदाता र नागरिकका विचमा गरेका वाचाहरू पुरा हुँदैगएका छन् । सिमित श्रोत साधनका वावजुध पनि हाम्रा प्रतिवद्धतालाई खेर जाननदिने कसरतमा छौँ ।

नँया नीति, कार्यक्रम र बजेट कुन क्षेत्रमा बढी केन्द्रीत होला ?
–त्रिवेणीको समग्र विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज, समुदाय, पत्रकार, विकास साझेदार लगायत विकासका सबै सरोकारवालाहरू बीचमा अर्थपूर्ण सहकार्य, समन्वय र साझेदारी आवश्यक छ । यसलाई हामीले विशेष ध्यान दिएका छौँ । त्रिवेणी गाउँपालिकाको अवको नयाँ बजेटमा पनि कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तरता दिइने छ । एक घर एक धाराको अवधारणलाई विशेष प्राथमिकता दिइने छ । पालिकाभित्र न्यून आय भएका परिवारका छोराछोरीलाई पालिकाभित्रैको सामुदायीक विद्यालयमा अध्ययन गरी उच्च शिक्षाका लागि एमविविएस, बिएससी एजी, बिएससी पढ्न चाहनेहरूका लागि गाउँपालिकाबाट छात्रवृत्तिको व्यवस्था गरिने छ । पूर्वाधार विकासलाई पनि हामी प्राथमिकतामा राख्ने छौँ । सार्वजनीक सेवा प्रवाहलाई सरल, छिटो र प्रविधिमैत्री बनाउन र सुसाशन अभिवृद्धिका लागि हाम्रो नीति कार्यक्रमले विशेष जोड गर्नेछ ।

जनप्रतिनिधीसंग कस्तो खालको अपेक्षा छ ?
–स्थानीय सरकार भनेको नागरिकको सबैभन्दा नजिकको घरदैलोको सरकार हो । आफ्नै गाउँ ठाउँका व्यक्ति स्थानीय सरकारको नेतृत्वमा हुने भएकाले स्वभाविक रूपमा नागरिकहरूको हामी जनप्रतिनिधीसंग धेरै नै अपेक्षा हुन्छ । जनप्रतिनिधीले आफ्ना हरेक सुखदुखमा साथ देओस्, नियमित सम्पर्कमा रहोस्, घरछेउँमा सडक आओस्, खेतबारीमा सिंचाइ सुविधा पुगोस्, घरघरमा धारा आओस्, शिक्षा स्वास्थ्यमा सहजता मिलोस् भन्ने जस्ता अपेक्षा गाउँपालिकावासीको छ । सीमित श्रोत साधनका कारण सबै कुरा एकैपटक गर्न नसकिने भएपनि हामी प्राथमिकताको आधारमा नागरिकहरूकै सुझाव र मागका आधारमा क्रमीक रूपमा पुरा गर्दै जानेछौँ ।

मुख्य समस्या र चुनौती के के छन् ?
–कुनै पनि काम गर्दा समस्या, अफ्ठ्यारा र चुनौती नआउने होइनन् । तर पनि हरेक समस्यासंग जुध्दै र समस्या समाधान गर्दै अघि बढ्न सक्नुपर्छ । गलतलाई प्रोत्साहन गर्ने स्वभाव मेरो कहील्यै पनि छैन । यसले गर्दा पनि समस्या समाधानमा सहजता हुनेगरेको छ । अर्काे कुरा चुनौतीको सामना गर्न सक्ने क्षमता पनि हुनुपर्नेरहेछ । नीति, विधी र पद्धतीबाट काम गर्ने हो भने खासै समस्या आउने देखिएन र अहिले सम्म त्यस्तो कुनैजटिल समस्या पनि भोग्नुपरेको छैन । तथापी विज्ञ समूह अपर्याप्त हुनु, सिमित श्रोत साधन हुनु जस्ता केही समस्या त छदैछन् ।

प्रदेश र संघीय सरकारबाट कस्तोे सहयोगको अपेक्षा छ ?
–हामीकहाँ गर्नुपर्ने काम धेरै नै छन् । हाम्रो पालिकाको बजेटबाट र श्रोत साधनबाट साना साना योजना तथा कार्यक्रम मात्रै कार्यान्वयन गर्न सकिन्छ । ठूलो र गौरवका आयोजनाहरू सञ्चालनका लागि संघ र प्रदेश सरकारले लगानी गरोस् भन्ने हाम्रो अपेक्षा छ । यसका लागि हामीले पालिकाको तर्फबाट माग पनि गरिरहेका छौँ । यस अलावा स्थानीय तहको क्षमता विकासका लागि, स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउनका लागि दिल खोलेर माथील्लो तहका सरकारको सहयोगको अपेक्षा गर्दछौँ ।
अन्त्यमा
–गाँपालिकावासीले स्थानीय सरकारको जिम्मेवारी दिएको एक बर्ष भएको छ । यो अवसरमा जिम्मेवारी प्रदान गर्नुहुने अग्रज नेतागण तथा त्रिवेणी गाउँपालिकाबासी सबैमा धन्यवाद एबम कृतज्ञता जाहेर गर्द्छु । यो महत्वपूर्ण क्षणमा सल्लाह सुझाव दिई पालिकाको समग्र पक्षमा समुचित विकासमा सहयोग पु¥याउनु हुने सबैको ऋणि भएकोछु । जिम्मेवारीमा आएदेखी हाल सम्म जे जति गरियो सन्तोषजनक छ जस्तो लाग्छ । यो हाम्रो एकल प्रयासले मात्र सम्भव भएको होइन यहाँहरू सबै यसको भागेदार हुनुहुन्छ । आगामी दिनमा समेत विभिन्न सल्लाह सुझाव दिएर समृद्ध त्रिवेणीको आवाज सार्थकतामा पु¥याउन मद्दत गर्नुहुनेछ भन्ने मैले बिश्वास लियकोछु । साथै उपाध्यक्ष, वडा अध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू कार्यपालिकाका सदस्यहरू वडा सदस्यहरू को अग्रगामी भावना एक वर्षे कार्यकालको प्रतिफल हो भने सबै वडाका स्वास्थ्यकर्मी साथीहरू र शिक्षकसाथिहरूको बिशेष भुमिकाले सफलता प्राप्तिको आधार स्तम्भ निर्माण भएको महशुस गरेको छु । साथै आगामी दिनमा विभिन्न सल्लाह सुझाव दिई वृहत् विकासमा टेवा पु¥याउनु हुनेछ भन्ने बिश्वास लियको छु .

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?