Butwal Today

युवा संघ तिलोत्तमाले मनायो स्थापना दिवस

२ जेष्ठ २०८०, मंगलवार
अ+
अ-

मणिग्राम, २ जेठ ।

राष्टिय युवा संघ नेपाल तिलोत्तमा नगर कमिटिले संघको ३४ औ स्थापना दिवसको अवसरमा मणिग्राम चोकमा दिप प्रज्वलन गरेको छ ।

संघको ३४ औं स्थापना दिवस दिप प्रज्वलन गरी मनाइएको युवा संघ तिलोत्तध्मा नगर कमिटीले जनाएको छ । संघका नगर अध्यक्ष सुुवास खत्री क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव यज्ञ गैरेले देशलाई सही बाटोमा हिंडाउन युवाहरुको काँधमा गहन जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर कमिटि उपाध्यक्ष नेत्रलाल वन, राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश कमिटि सदस्य ईश्वर न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी सदस्य विकास गुरुङ, सुरेश थापा लगायत नगर कमिटिका पदाधिकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा संघका सचिव सतिश सापकोटाले पनि मन्तव्य व्यक्त गरेका थिए ।