ट्रेंडिंग:

>> संविधान पुनर्लेखन गरि निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात

विद्यार्थीलाई विद्यालय पोशाक

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

दाङ, २९ वैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । स्वावलम्बन वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा रहेका ८५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । विद्यालयमा थारु, दलित समुदायका बालबालिकाहरु अध्ययन गर्दछन् ।

सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत सर्मिला नेपालीले विद्यालय पोशाक पाएर खुसी भएको बताइन् । ‘घरको आर्थिक अवस्था कमजोर भएका कारण पुरानो पोशाक लगाएर विद्यालय आउने गरेको थिए, अब त फेरीफेरी पोशाक लगाउने छु र नियमित विद्यालय आउँछु’ –उनले भनिन् ।

विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डेले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने गर्दै आएको बताए । उनले विद्यालय पोशाक अनिवार्य भएपनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताए । विद्यार्थीहरुलाई विद्यालयले पुस्तक, कापी निःशुल्क रुपमा उपलब्ध गराए पनि पोशाक भने विद्यालय नै आर्थिक रुपमा सबल नभएकाले उपलब्ध गराउन नसकेको उनले बताए । वित्तीय संस्थाका तुलसीपुर शाखा प्रमुख उमेशकुमार भण्डारीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पोशाक वितरण गरिएको बताए । उनले समाजमा महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउने, नेतृत्वमा पु¥याउनुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।

नगर प्रमुख टीकाराम खड्काले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण, प्रशिक्षण, अक्षर सुधार, दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिइरहेको अवस्थामा बालबालिकाहरुका लागि पोशाक, झोला, कापी कलम वितरण गरिनु सकारात्मक कार्य भएको बताए । उनले विपन्न समुदायमै विद्यालय पोशाक हस्तान्तरण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । विद्यालयका बालबालिका पोशाक नभएर विद्यालय नआउने वतावरणको अन्त्य गराएर सहयोग गरेकोमा संस्थालाई धन्यबाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव विश्वकर्माको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा वडानम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटा, पूर्व वडाध्यक्ष लक्ष्मण भण्डारी, शिक्षाशाखा प्रमुख चक्रबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?