ट्रेंडिंग:

>> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम

अनुगमन खर्च कटौती गरी विकट क्षेत्रमा माध्यमिक तहको कक्षा

१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

देउखुरी, १८ वैशाख

दाङको राप्ती गाउँपालिकाको विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मको शिक्षा पढ्न पाउने भएका छन् ।

गाउँपालिकाको १८ औंं कार्यपालिका बैठकले पालिकाको वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकोटलाई कक्षा वृद्धि गरी यस वर्ष कक्षा नौ र अर्को वर्ष दस सञ्चालनका लागि अनुमति दिने निर्णय गरे सँगै उनीहरूले सो सुविधा पाएका हुन् ।

यसअघि सो क्षेत्रमा माध्यमिक तह सम्मको पढाइ सञ्चालन नहँुदा विद्यार्थीहरुलाई घण्टौको दुरीमा पर्ने सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ, शंकर माध्यमिक विद्यालय पिपरी लगायतका विद्यालयहरुमा पढ्न जानू पर्ने बाध्यता रहेको थियो ।

खुशी हुँदै कक्षा नौ मा भर्ना भएकी विद्यार्थी करिष्मा थापा मगरले भनिन्–“कक्षा आठ पूरा गरेर देउखुरी पढ्न जानू पर्ने बाध्यता थियो, भाडाका कोठा पाउनै मुस्किल, पाई हाले पनि महङ्गो भाडा तिर्नु बाध्यता थियोे, अब त आफ्नै गाउँमा पढ्न पाइने भयो ।“

यसैगरी सो विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष चित्र बहादुर थापा मगरले विगतमा विद्यार्थीहरुलाई अन्यत्र पढ्न जानू पर्दा विभिन्न समस्या भोग्नु परेको र बालबालिकाहरूमा अभिभावकहरुको निगरानी समेत नहुँदा कुलतमा फस्ने गरेको बताए ।

यसअघि विद्यालय नजिक नभएकै कारण कतिपय न्यून आर्थिक अवस्था भएका घरपरिवारका विद्यार्थीहरुले आधारभूत तह सम्मको मात्रै पढाई पुरा गरि मजदुरी गर्न जाने गरेको विद्यालयका प्रधानाध्यापक हरिलाल दर्लामीले बताए ।

त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विकट गाउँका बालबालिकाहरू शिक्षा बाट बन्चित हुन नपरोस् र शिक्षा सबैको नैसर्गिक अधिका हो उनीहरुले सहजरूपले शिक्षा प्राप्त गर्न पाउनु पर्छ भन्ने मान्यताका साथ उक्त क्षेत्रमा कक्षा थपको अनुमति प्रदान गरिएको बताए । उक्त विद्यालयमा पालिकाले विद्यालय अनुगमन कार्यक्रम खर्च कटौती गरी चार जना शिक्षक व्यवस्थापन गर्न लागेको पालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।

हाल उक्त विद्यालयमा करङ्गेकोट, पुनखोला, चित्रिकोट, थकरीकाट, घोग्लेआँप, सिस्नेखुटी सहित बङ्गलाचुलीका केही विद्यार्थीहरु गरी करिब तीन सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । गाउँमै माध्यमिक तहसम्मको पढाइ हुने भएपछि त्यो ठाउँका विद्यार्थी र अभिभावकहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?