ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
प्रदेश सरकार

‘मानसरोवर पार्क’ योजनाः सम्झना छ कि भुल्यो प्रदेश सरकार ?

२७ फाल्गुन २०७९, शनिबार
२७ फाल्गुन २०७९, शनिबार

बाँके फागुन- हिन्दूहरुको आस्थाको केन्द्र हो कैलाश मानसरोवर । बाँके तिब्बतमा पर्ने कैलाशको दर्शन गर्न जाने ‘ट्रान्जिट’ पनि हो । बर्षेनी संयौको संख्यामा भारतीय तिर्थयात्रीहरु बाँके हुँदै कैलाश दर्शन गर्न जान्छन् । त्यसरी आउने बिदेशी तथा स्वदेशी दर्शनार्थीका लागि बैजनाथमै कैलाशको प्रतिक बनाउने महत्वकांक्षी योजना बनाएका थिए, तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले ।
तत्कालिन प्रदेश पर्यटनमन्त्री एवं हालका मुख्यमन्त्री लिला गिरी समेतको उपस्थितीमा २०७६ फागुन पाँच गते पोखरेलले उक्त पार्कको शिलान्यास गरे । शिलान्यास लगत्तै जग्गाको सुरक्षाका लागि तारबार र एउटा भवनसम्म त बन्यो तर त्यसयता भने कैलाश निर्माणको काम अलपत्र परेको छ । पोखरेल मुख्यमन्त्रीबाट हटेलगत्तै कुलप्रसाद केसी र अहिले गिरी मुख्यमन्त्री छन् । तर पार्क निर्माणको खोजि कसैले गरेका छैनन् । प्रदेश सरकारले महत्वकांक्षी योजनाको सपना देखाएर अलपत्र छाडेपछि स्थानीय रुष्ट छन् ।
कैलाशको प्रतिक मात्र होइन त्यहाँ बोटानिकल गार्डेन समेत बनाउने योजना थियो । न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवर पार्क तत्कालिन मुख्यमन्त्री पोखरेलको प्राथमिक योजना हो ।
तत्कालिन समयमा प्रदेश सरकारबाट बिनियोजित रकम मध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष ०७६र७७ को वार्षिक बजेट कार्यक्रम अन्तर्गत राज निर्माण निर्माण सेवा नेपालगन्ज सङ्ग १ करोड ६ लाख ८ हजार २ सय ९१ रुपैयाँमा २०७६ पौष २४ गते सम्झौता भइ २०७७ असार २५ गते सम्म निर्माण सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम शुरु गरे पनि । पछि थप बजेट बिनियोजना नहुँदा काम अघि बढेन ।
जिल्ला वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले तत्कालिन समयमा वनको कार्यक्षेत्रमा उक्त पार्क निर्माणको पर्ने भए पनि अहिले पनि फेरिएको बताए । उक्त काम अहिले पर्यटन डिभिजन कार्यालय कोहलपुर अन्र्तगत पर्छ । उक्त कार्यालयका प्रमुख दिनेश अधिकारीले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट बिनियोजन भएको जानकारी दिए । भर्खरै सरुवा भई आएका र कैलाश पार्क निर्माणका बारेमा बुझ्दै गरेका अधिकारीले भने,–‘योजना निकै ठूलो रहेछ । मैले पनि निर्माणस्थल हेरे । अब चाँडै सरोकारवाला निकायसंग यस सम्बन्धमा बुझ्छु ।’
पर्यटनसंग सम्बन्धित अगुवाहरुले सरकार फेरिएसंगै अघिल्लो सरकारले ल्याएका योजना कार्यान्वयन नहुँदा काम अघि बढ्न नसकेको बताउँछन् । बिकासे योजना प्रतिशोध साध्दाको परिणाम कैलाश पार्क निर्माणको योजना अलपत्र पर्नु दुखद भएको उनीहरुले बताए । होमस्टे एशोसियसनका महासचिव कृष्ण चौधरीले बाँकेको पर्यटन प्रर्बद्धन हुने आशा गरिएको योजना अलपत्र पार्नु उचित नभएको बताए । उनले प्रदेश सरकारसंग योजना कार्यान्वयनका लागि अग्रसरता लिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?