Butwal Today

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, अब प्रतिलिटर ६५ कायम

१९ फाल्गुन २०७९, शुक्रबार
अ+
अ-

 काठमाडौँ ।

सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ।शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन्।

उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५.५ रुपैयाँ कायम भएको थियो। अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?