ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
किसानमा कुरा

बाबुरामको खेती बन्यो सिकाईको थलो

९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

चन्द्रौटा  फागुन ।
कोरोना भाइरस महामारी  को बेला लकडाउन भयो । आम मानिस रोजगारी गुमाइरहेका थिए । अधिकांश युवा वैदेशिक रोजगारीका लागि भौतारिए । उद्योगधन्दा, कम्पनी बन्द हुने अवस्था आइसकेपछि विदेशमा भएका श्रमिक स्वदेश फर्किन बाध्य भए । त्यस महामारीको चपेटामा परेर केही युवा ज्यान समेत गुमाउन पुगे ।
त्यही बखत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, बसन्तपुरका बाबुराम चौधरी खाली समयको सदुपयोग गर्दै युटुव हेरेर बस्ने गर्थे । युटुवको सहायताले ड्राइगन खेती गर्ने उनी सोंच बनाए । त्यसबारे प्रयाप्त ज्ञान हाँसिल गर्दै अन्तिम तयारीमा चौधरी पुगे ।

त्यसरी समय लम्बिदैँ जाँदा केही महिनापछि लकडाउनको वातावरण अलि सहज भयो । चौधरीले बचत गरेर राखेको रकम करिब साढे ४ लाख लगानीमा भारतबाट ड्राइगनको बेर्ना मगाउने तयारीमा जुटे । साढे ३ कठ्ठा आफ्नै जग्गामा ड्राइगन खेतीको सुरुवात गरेको चौधरी बताउँछन् ।
उनले भने ः“सो खेती सुरु गरेको डेढ वर्ष भएको छ । फेरि लगभग डेढ लाख लगानी गरेको छु ।“ एक पटक यो खेती गरे पछि २० वर्ष सम्म हुने चौधरीले बताए । अरुले लगानी गरेपछि तत्कालै प्रतिफल खोज्ने गरेको बताउँदै धैर्य गर्नुपर्ने उनको भनाइ छ । ६ सय बेर्नाबाट खेतीको सुरुवात गरेका चौधरी अहिले आफै बेर्ना उत्पादन नर्सरी बनाएका छन् ।
लाखौं लगानी गरेर देशमै रोजगारीका अवसर सिर्जना गर्ने सोंच बनाएको उनले बताए । घरपरिवारसँग बसेर खेतीमा रमाउन पाउँदा हर्षित भएको बताउँदै फल उत्पादनको क्रम अब सुरु भएको जनाए । डेढ वर्षको अन्तरालमा आइपुग्दा बेर्ना मात्रै उत्पादन गर्न सकेको उनले बताए ।
चौधरीले थपे ः “आफूले खरिद गर्दा दुई सय रुपैयाँ प्रति बेर्ना लागत परेको थियो तर मैले एक सयमा बेच्दा समेत हुँदैन यहि बेर्ना बाहिरबाट कृषकले खरिद गर्दा तीन सय रुपैया पर्दा पनि खरिद गरेको पाइन्छ । त्यसैले मैले दाङ, रोल्पा, अर्घाखाँची प्युठान लगायत अन्यत्र थोकमा बेच्ने गरेको छु । सन्तुष्टिजनक आम्दानी भएको छ ।“
स्थानीय सरकारले वास्तविक किसान पहिचान गर्न नसक्दा खेतीमा कृषक सरकारी सेवा सुविधाबाट बन्चित हुने गरेको चौधरीले बताए । नाम मात्रको कृषकले कृषि क्षेत्र ओगटेको जिकिर गर्दै सिमितले अवसर पाएको गुनासो गरे । आफ्नै लगानीमा तारबार लगायत खेती संरक्षणका निम्ति स्थानीय युवालाई रोजगारीसमेत दिने गरेको उनले बताए । यसमा सरकारले किसान लक्षित तालिम, मल खाद, ऋण लगायत सेवा सुविधाको प्रभावकारी रुपमा लागु गर्न सके आम नागरिक आत्मनिर्भर हुनुका साथै सरकारलाई समेत आर्थिक टेवा पुग्ने चौधरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?