ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
मुख्य खबर

ग्रासरुट बलियो बनाउँदै शक्ति

१ फाल्गुन २०७९, सोमबार
१ फाल्गुन २०७९, सोमबार

बुटवल,  माघ –  प्यूठानका करण घर्ती मगर सानै उमेरदेखि क्रिकेट खेल मन पराउँथे । सानो प्यूठानमा ठुला दाजुहरु क्रिकेट खेलेको हेर्दा उनी दंग पर्थे । कोठामा कागजको डल्ला बनाएर उनी भित्तामा हान्थे । विद्यालयमा पढ्नभन्दा बढी क्रिकेटमा उनलाई नशा लाग्यो । उनी बल किनेरै खेल्न थाले । बललाई हातमा नचाउने, घुमाउने र क्रिकेट खेलमा जसरी नै फाल्ने सीप उनले सिक्दै गए । खेल हेरेरै रुची जागेको बनाउने उनी स्पीन बलिङ राम्रो गर्छन् ।

चार वर्षअघि बलियो नेपाल कप लुम्बिनी प्रदेश खेल्दा उनले यही बल घुमाउने जादुका कारण भाग्य चम्कियो । उनले प्रतियोगिताको दुई खेलमा लगातार ५÷५ बिकेट लिए । उनको यो खेलबाट पारस खड्का आकर्षित भए । पहिलो नजरमै उनी परे । दाङ्मा पढ्दा उमेर समूहका प्रतियोगितामा खेल खेलेको उनीमा अनुभव कमी भने थियो । खड्काले आफ्नो क्रिकेट एक्सिलेन्स सेन्टर, काठमाडौमा स्कलर्शिपमा क्रिकेट सिक्न करणलाई अफर राखे । ढुगा खोज्दा देउता भन्ने उखान उनमा लागु भयो । खड्काको अफरलाई सहर्ष स्वीकार गर्दै उनी क्रिकेट सिक्न काठमाडौ हिडे । दैनिक बिहान साढे ९ देखि १२ बजेसम्म, साझ ७ देखि ८ बजे खड्काको निगरानीमा उनी क्रिकेट एक्सलेन्स सेन्टरमा क्रिकेटको कखरा सिक्दैछन । पारसको सहकार्यमा बलियो नेपाल अभियान मार्फत देशभरबाट जेहन्दार खेलाडीहरु छनौट गरी क्रिकेट खेलाडीलाई सहयोग गर्दै आएको छ । पछिल्लो ४ वर्षदेखि उनी क्रिकेट प्रशिक्षण र खेल खेल्दै छन् । यसअघि उनी बलियो नेपाल कप यु–१६ दाङ, यु–१५ कप लुम्बिनी प्रदेशबाट खेलिसकेका छन् ।

न्यू होराईजन एकेडेमीका क्याप्टेन अमर मिश्रा आठ वर्षको उमेरबाट क्रिकेट खेलेका हुन् । भैरहवाका बासिन्दा मिश्रा सचिन टेन्दुकरलाई आईकनमा मान्छन् । क्रिकेटमा भविष्य देखेका उनी खेलसंगै अध्ययनलाई अगाडि बढाएका छन् । बुटवलको न्यू होराईजन एकेडेमीमा स्कलर्शिपमा क्रिकेट सिक्दै र कक्षा १२ मा ब्यवस्थापन पढ्दै छन् । उनी ४ कक्षामा पढ्दादेखि नै क्रिकेट खेलेको बताउँछन् । ‘भैरहवामा खुकुरीबाट खेल्थे अहिले न्यु होराईजनमा आएको छु’– उनले भने । ९ वर्षदेखि क्रिकेटमा लगाव भएका उनी शक्ति गौचनको नजरमा परे । ओपनिङ ब्याटिङमा फिल्डमा उनको प्रदर्शनकै कारण अहिले न्यू होराईजनमा भएको बताए । ‘भारतीय क्रिकेटका ओपनर ब्याट्सम्यान बिराट कोहली मेरो मनपर्ने खेलाडी हो’– उनी भन्छन् । साई ग्लोबल कप क्रिकेट जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलरबाट पुरस्कत भएका थिए । उनी धनगढी र काठमाडौमा भएका उमेर समूहका धेरै प्रतियोगितामा भाग लिएका छन् । राष्ट्रिय टिमको यु–१६ लुम्बिनी प्रदेशबाट खेलका उनी रुपन्देहीको यु–१९ टिममा समेत परेका छन् ।

अञ्चलपुरका सन्तोष मिश्रालाई क्रिकेटमा सानैदेखि रुची थियो । उनी घरमा दाईहरु क्रिकेट खेलेको हेरेर यसमा आकषर््िात भएको बताउँछन् । जेसिस किन्नर गार्डेनमा मावि पढ्दा उनी विद्यालयस्तको खेल खेले । खेलकै क्रममा उनको शक्ति गौचनसंग भेट भएको हो । पाँच वर्षदेखि स्टार क्रिकेट एकेडेमीमा नियमित अभ्यास र खेल्दै आएका उनी न्यू होराईजन कक्षा ११ मा कम्युटर साइन्स पढ्दैछन् । रुपन्देही जिल्लाबाट यु–१६ जिल्ला बलियो कप, प्रदेश, सुपर लिग जस्ता धेरै प्रतियोगितामा भाग लिएका उनी भर्खर सम्पन्न कलेज लेभलको खेलमा उत्कृष्ट भएको स्मरण गर्छन् । उनी राईट हयाड ब्याटस्म्यान र विकेट किपरका रुपमा खेल्दै आएका छन् ।

क्रिकेटको विकासमा ग्रासरुटसंगै खेल पूर्वाधार महत्वपूर्ण हुने शक्ति गौचन बताउँछन् ।
देशभरमा हुने अधिकाश क्रिकेट म्याचहरु मड पिचका साथै टेनिस बलमा खेलाउने गरेको बताउँछन् । यस्ता म्याच खेल्दा एक्सपोजर पाउने र अनुभव पाउने भएपनि खेलाडी ब्यावसायिक बन्न नसक्ने उनको तर्क छ । ‘क्रिकेट खेलाउन टफ विकेट पिच आवश्यक पर्छ’– उनले भने । देवदहमा निर्माण गरेको टफ पिचमा अहिले उनी खेल खेलाउने तयारीमा छन् । टफ बिकेटमा नै खेल खेलाउन सके यसले ब्यावसायिक खेलाडी बन्न मद्दत मिल्छ । विद्यालयस्तरमा खेलाडीहरुलाई जोड दिनुपर्ने उनको सुझाव छ । जिल्लामा विभिन्न उमेर समूहलाई समेटेर एउटा खेलाडीले कम्तीमा १० वटा लिग खेल्न पाउने गरी प्रतियोगिताहरु गरिरहेका छन् ।

देशका ३९ जिल्लामा शाखा रहेको क्रिकेट संघको क्रियाशिल १९ जिल्लाहरु लागे बलियो राष्ट्रिय टिम बनाउने मद्दत मिल्ने उनी बताउँछन् । खेलाडीहरु कहिलेकाही प्राक्टिस गर्ने बानीले राम्रो खेलाडी बन्न नसक्ने उनको तर्क छ । छिमेकी देश भारतमा जुनियर खेलाडीहरु न्यूनतम एक सय बढी अफिसियल म्याचहरु खेल्ने हुँदा परिपक्व बन्ने उनले बताए । नेपालमा भने न्यूनतम २० अफिसियल खेल खेल्न नपाउने हुँदा अनुभवको कमी हुने गरेको छ । जुनियर क्रिकेट विकास हुने जिल्लाका रुपमा रुपन्देहीको पहिचान बनाएको भन्दै खेलको निरन्तरमा लागेको उनको प्राण छ । ‘अबको ३ देखि ५ वर्षमा ५० खेलभन्दा बढी खेलाउने लक्ष्य छ’– उनले भने । जुनियर खेलाडीलाई अवसर दिने गरी नै प्रतियोगितालाई निरन्तरता दिदै आएको उनले बताए । कुनै बेला रुपन्देहीको राष्ट्रिय टिममा आधा दर्जन खेलाडी पर्ने गरेको स्मरण गर्दै उनले यो अभाव खड्किएको बताए । ‘अबको ८ देखि १० वर्षमा रुपन्देही क्रिकेटले राष्ट्रिय टिममा योगदान दिने छ’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?