Butwal Today

काँग्रेसले भन्योः अन्तर्घात गर्नेहरुको विवरण १५ पुसभित्र पठाउ

१८ मंसिर २०७९, आइतबार
अ+
अ-

काठमाडौं, १८ मंसिर ।

नेपाली कांग्रेसले चुनावमा अन्तर्घात गर्नेहरुको विवरण मातहतका कमिटीहरुसँग माग गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले आइतबार एक विज्ञप्ति जारी गरी चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेका हुन्।

यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।