ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
मुख्य समाचार

मत माग्न घरघर सूर्य

स्थानीय तह निर्वाचनको नतिजा अनुसार राजमो प्यूठानमा चौथो शक्ति हो ।
१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

प्यूठान, असोज । प्यूठानबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार बनेका एमालेका नेता सूर्य थापा जिल्लाका गाउँबस्तीमा पुगेर मत माग्न व्यस्त छन् । उनी वडा तहमा रहेका बुथबुथमा पुगेर मत मागिरहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा पहिलोपटक जनतामाझ परिक्षण हुँदैछन् ।
०७० निर्वाचनमा तत्कालिन एमाले नेता बामदेव गौतम निर्वाचन लड्दा थापा त्यसबेला चुनावी कमाण्डर बनेर यसैगरी गाउँगाउँमा पुगेर मत मागेका थिए । प्यूठानको कुना कुनामा पुगेर त्यहाँको बस्तुस्तिथीलाई नजिकबाट बुझेका थापाले आफ्नो जित सुनिश्चित रहेको समेत दाबी गर्दै आएका छन् ।

जनतामाझ पुगेर गुनासाहरु सुन्ने र आफ्ना योजना सुनाएर मत मागेको थापाले प्रतिक्रिया दिए । एक साता लगाएर झिमरुक गाउँपालिकाका आठ वटै वडाका बस्तीबस्तीमा पुगेर आफूलाई मतदात गरिएको उनको भनाई छ । प्यूठानमा नौ पालिकाका ६४ वटा वडाहरु छन् । ती वडाका बस्तीबस्ती पुगेर मत माग्न उनलाई कम्तीमा पनि एक महिना बढी समय लाग्ने छ । प्रतिनिधीसभा सदस्यका लागि पहिले दुई निर्वाचन क्षेत्र रहेको प्यूठानमा ०७४ पछि एउटा मात्र निर्वाचन क्षेत्र कायम छ । शुक्रवारदेखि नौवहिनी गाउँपालिकाका मतदातासँग भेटघाट गर्ने कार्यक्रम थालिएको छ । झिमरुक गाउँपालिका १ सौतामारे प्यूठान निवासी थापाले आफ्नै जन्मभूमिबाट चुनावी प्रचार र घरदैलोको अभियान थालेका छन् ।

पत्रकारिता पृष्ठभूमीबाट राजनीतिमा होमिएका सूर्य थापा एमालेभित्र प्रभावशाली यूवा नेतामध्येमा पर्छन् । हाल उनी पार्टीको पोलिटब्यूरो सदस्य र प्यूठान जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् । मनका लागेको कुरा प्रष्टसँग जनतालाई भन्ने र निडर नेताको रुपमा उनको छबी छ । तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी दुईपटक प्रेस सल्लाहकारको भूमिकामा रहेर काम गरे । प्रधानमन्त्रीको सल्लाहकार हुँदा प्यूठानको विकासमा गरेको योगदानका बारेमा पनि उनले चुनावी प्रचार प्रसारको क्रममा मतदातालाई जानकारी गराउँदै हिडेका छन् ।

प्यूठानीको प्रतिनिधी बनेर सिँहदरवार छिरेपछि विकास निर्माणमा जिल्लाको अनुहार बदल्ने सपना आफूले बोकेको उनले सुनाए । ‘सिँहदरवार छिर्ने पासको लागि मात्र म निर्वाचन लड्न आएको होइन्’,झिमरुकमा आयोजित चुनावी भेटघाटका क्रममा थापाले भने,‘प्यूठानीहरुको आवाज बुदल्न पार्न सिँहदरवार पुग्ने र जिल्लाबासीको अनुहारमा चमक ल्याउने मेरो लक्ष्य हो ।’
सूर्य थापासँग प्रतिस्पर्धामा सत्ता गठवन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल छिन् । पौडेलको सांसद् बन्ने यो तेस्रो प्रयास हो । उनी ०७० मा कपिलवस्तुबाट समानुपातिक सांसद् सांसद् थिइन् । ०७४ मा बामगठवन्धन (एमाले, माओवादी) सहितको सहयोगमा प्यूठानबाट चुनाव जितेकी थिइन् । अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनलाई सघाएका छन् । तर, अघिल्लो निर्वाचनमा जस्तो सहजै चुनाव जित्न दुर्गालाई ढुंगा चपाएजस्तै हुने गठवन्धन दलकै नेताहरु प्रतिक्रिया दिन्छन् । स्थानीय तह निर्वाचनको नतिजा अनुसार राजमो प्यूठानमा चौथो शक्ति हो । एमाले पहिलो शक्ति हो । एमालेले ३९ हजार ८ सय ७७, कांग्रेसले २१ हजार ५ सय ४६, माओवादीले १७ हजार १ सय ६३, जनमोर्चाले १३ हजार ६ सय १२ र समाजवादीले १ हजार ४ सय १७ मत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?