ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

महिलालाई नै अघि सार्दै

३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

सल्यान, ०२ जेठ ।
सल्यानमा एक महिनाको एडभान्स तालिम पश्चात दलित समुदायका महिलाहरू सिलाइ कटाइका लागि सक्षम भएका छन् । शुक्रबार जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ६ स्थित लान्तीमा तालिम समापन कार्यक्रममा महिलाहरू आफ्नै हातले सिलाएको कपडा लगाएर सहभागी थिए । तालिम सिकेका १२ जना महिलाहरू सबैले आफ्नै हातले सिलाएका एकै रंगका कपडा लगाएका थिए । “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारालाई व्यवहारमा उतार्दै दलित समुदायका महिलाहरू महिला तथा पुरुषका कपडा सिलाउन सक्षम भएका हुन् ।

यो तालिमले उनीहरूमा सीप प्रदान गरेको छ भने जीवनमा अब केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढाएको छ । तालिम समापन कार्यक्रममा आफैले सिलाएको चिटिक्क कुर्ता सुरुवालमा सजिएकी दिपा विकले मुस्कुराउँदै भनिन्, “पहिला सिलाउने ठाउँ खोज्नुपथ्र्यो, अब आफैँ सिउन सक्ने र अरू महिला पुरुषका लागि पनि सिउन सक्ने भएकी छु ।” स्वरोजगारको सम्भावनासहित आयआर्जनको यात्रा सुरु गर्ने एडभान्स तालिम प्राप्त गरेका महिलाहरूको सोच रहेको छ ।

तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले सीपले मानिसलाई अवसर मात्र नभएर आत्मबल पनि प्रदान गर्ने भन्दै अव व्यवसायीक रूपमा अघि बढ्न सुझाव दिए । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख जनक खड्का लगाएले बोल्दै सीप सिकेर व्यवसाय गर्नेहरूलाई अनुदान लगाएतका सहयोग गरिने बताए ।

मुख्यमन्त्री दलित आयआर्जन प्रवद्र्धन कार्यक्रम अन्तर्गत संचालन गरिएको यस तालिमको आयोजना उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले गरेको हो । जिल्लाको शारदा नगरपालिकामा पनि १६ जना महिलाहरूले एडभान्स कटाई सिलाई तालिम लिइरहेका थिए । गत वैशाख ४ गतेदेखि सुरु भएको तालिम शुक्रबार समापन गरिएको हो । समापन कार्यक्रममा वडा नं. ६ का वडा सदस्य सागर नेपाली, श्री खड्गनाथ योगी, सामाजिक विकास कार्यालय सल्यानका अधिकृत पहलमान वली, प्रशिक्षक निम कुमारी थापा लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?