ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

गुल्मी, २ जेठ

गुल्मीको एक गाउँपालिकाले एकैसाथ ५६ जना कर्मचारीहरुलाई बिदाइ गर्ने निर्णय गरेको छ । मालिका गाउँपालिकाले पालिका भित्रका २६ जना शिक्षक, १४ जना वालविकास सहजकर्ता  , स्वास्थ्यका नौ जना र कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर सात जना गरी कुल ५६ जनालाई एकै साथ बिदाइ गर्ने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालका अनुसार कानून विपरित अघिल्लो सरकारको पालमा भर्ती गरिएका उनीहरुलाई  वैशाख २३ गतेको कार्यपालिका बैठकबाट बिदाइ गर्ने निर्णय गरिएको जानकारी दिए । सङघीय र प्रदेश कानून विपरीत रहेका कर्मचारीहरुको बारेमा महालेखाले पटक पटक वेरुजु लेखेका कारण र कानून विपरीत नियुक्ती गरिएकाले बिदाई गर्न बाध्य भएको उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकारको स्थानीय सेवा ऐन २०८१को दफा आठ अनुसार आफूहरुले कानून कार्यान्वयन गरेको अर्यालको दाबी छ । यसमा आफूहरुको कुनै राजनीतिक स्वार्थ नभइ कानून मात्रै पालना गरेको उनको भनाइ छ ।

यता अघिल्लो स्थानीय सरकारका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले भने राजनीतिक आधारमा कर्मचारीहरुलाई बिदा गर्ने निर्णय गरिएको आरोप लगाएका छन् । आफूहरुको पालामा गाउँका दुर्गम स्थानहरुबाट स्वास्थ्य सेवा लिन समस्या भएका स्थानहरुमा सामुदायीक स्वास्थ्य केन्द्र स्थापना गरिनुका साथै माध्यमिक स्तरमा दरबन्दी नभएका ठाउँहरुमा गणित,अँग्रेजी र विज्ञानका शिक्षकहरु राखिएको उनको दाबी छ  ।

यो कुनै राजनीतिक दलको भर्तीकेन्द्र नभइ स्थानीय आवश्यकतालाई पहिचान गरि दरबन्दी सृजना गरिएको हो । अहिलेको सरकारले विद्यालयहरु धरासायी बनाउने र नागरिकहरुले सहज रुपमा पाउँदै आएको स्वास्थ्य सेवालाई कटौती गर्न लागेको उनले बताए  । लुम्बिनी प्रदेशका कुनै जिल्लाहरुमा नगरिएको कार्य यहाँको वर्तमान स्थानीय सरकारले गरेको भन्दै कानूनसँगै ब्यवहारीकता पनि हेर्नुपर्नेमा उनले जोड दिए ।
केही समय अगाडि गुल्मीकै कालीगण्डकी गाउँपालिकाले पनि पालिका र विद्यालयले राखेका शिक्षकहरुलाई एकै साथ बिदाइ गरेको थियो । सो गाउँपालिकामा पनि शिक्षकहरुलाई दिइएको तलबमा महालेखाले पटक पटक वेरुजु लेख्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?