ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउनुको विकल्प छैनः वैद्य

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

लमही, ३० बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्य ‘किरण’ले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आएमात्रै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने बताए । पार्टीको ४ नम्बर व्यूरो (राप्ती) ले घोराही १५ रतनपुरमा बैद्यकी आमा स्वर्गीय जानकादेवि उपाध्याय वैद्यको श्रद्धाञ्जली कार्यक्रममा पार्टीका महासचिव ‘किरण’ ले क्रान्तिकारी शक्तिहरू एक भएमात्रै समाज रूपान्तरणको अभियान सुदृढ हुने बताए ।

स्वर्गीय जानकाका जेठा छोरा वैद्यले भने, ‘क्रान्ति अझै अँधुरो छ । कम्युनिस्ट आन्दोलनमा विभाजन छ । संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने महान अभियान पुरा गर्न सबै कम्युनिस्ट शक्तिहरू एकतावद्ध हुनुपर्छ । ’ वैद्यले आमाले आफूहरूलाई रूपान्तरणको लागि प्रेरणा दिएको बताए । वैद्यले पञ्चायती दमन, जनयुद्धकालीन समयमा आमाबाट धेरै सहयोग र समर्थन प्राप्त भएको बताए । आमाले परिवारलाई रूपान्तरणको लागि अभिप्रेरित गरेको बताए ।

किरणकी आमा जानकादेवी वैद्य उपाध्यायको जन्म वि.सं. १९८३ पौष १५ गते अर्घाखाँची जिल्लाको अर्जुन अमलाचौरमा भएको थियो । उनको मृत्यु २०८२ बैशाख २४ गते भएको हो । कार्यक्रममा जानकादेवीका कान्छा छोरा मधुसुदन वैद्य र कान्छी छोरी रमा पोख्रेलले आमाको बारेमा विस्तृत जिवनी प्रस्तुत गरेका थिए । कान्छा छोरा मधुसुदनले भने, ‘आमाले हामीलाई जन्म दिनुको साथै अत्यन्त कठोर परिश्रम र निकै दुःख कष्ठका साथ हाम्रो लालनपालन, अध्ययन व्यवस्थापन, संरक्षण, अभिभावकत्व तथा मातृवात्सल्य प्रेमले अभिसिंचीत गर्दै सामाजिक रूपान्तरणको मार्ग तथा साम्यवादको उदत्त आदर्श प्राप्तिको दिशामा सक्दो साथ सहयोग दिदैं आउनुभयो । मृदुभाषी, विनम्र, दयालु, सहनशिल तथा हक्की स्वभावकी हाम्री आमा आफ्नो संघर्षमय जिवनको करिव सय वर्षको ऐतिहासिक यात्रा पुरा गरि हामी सबैलाई विछोडमा पारि यहि वैशाख २४ गते बेलुकी साढे ५ बजे आफ्नै निवासमा मृत्युवरण गरे ।’

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलीटव्यूरो सदस्यहरू चन्द्रहरि सुबेदी ‘अटल’, क्रान्तिकारी महिला संघका अध्यक्ष अम्वीका मुडवरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार पिताम्बर आचार्य, नेकपाका पोलिटव्यूरो सदस्य सञ्जीव कुमार झाँक्री, नेकपा बहुमतका स्थायी समिति सदस्य अनन्त केसी, नेकपा एमालेका नेता शम्भु गौतम, नेकपा मसालका प्रवक्ता भरत भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुसिल गौतम लगायतको श्रद्धाञ्जली सभामा सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?