ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

जम्मु काश्मिर, पहलगाम घटना र जवाफी कारबाही

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

भारतको जम्मु काश्मिर प्रदेशको पहलगाम भन्ने पर्यटकीय स्थानमा २२ अप्रिलका दिन भएको आतङ्कवादी हमलामा २८ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने २० जनाभन्दा बढी घाइते भएका थिए । यस किसिमका घटनाबाट विश्वका जुनसुकै कुनामा बस्ने निहत्था जनताहरूको विभत्स हत्या हुनु मानवीय चेतना भएकाहरूलाई अत्यन्तै दुःखद थियो । त्यसमापनि अझ सर्वे भवन्तु सुखिनः भन्ने नारालाई व्यवहारमा उतारी त्यही अनुसारको कर्म गर्ने हिन्दु धर्मका अनुयायीहरूलाई नै खोजीखोजी गरिएको हत्यालाई जतिसुकै निन्दा गरे पनि कमै हुन जानेछ । यसै परिप्रेक्ष्यलाई आधार मानी यहाँ केही विश्लेषण गर्नेप्रयास गरिएको छ ।

१.जम्मु काश्मिरको संक्षिप्त इतिहास
जम्मु काश्मिर वास्तवमा प्राचीनकालदेखि हिन्दूहरूको क्षेत्रका रूपमा रही आएको सुरम्य स्थान हो । तर यहाँ अफगानी शासक मुहम्मद गजनीका समयदेखि भने विस्तारै मुसलमानको प्रवेश भएको देखिन्छ । सन् १३२० मा लद्दाखबाट आन्तरिक कलहका कारणले भागेर काश्मिर छिरेका ल्हाचान गुआल्बु रिञ्चनले काश्मिरका तात्कालिक राजाको हत्या गरी उनी त्यहाँको शासक बने । बौद्ध धर्मका अनुयायी रिञ्चनले काश्मिरमा रहेको राजकीय हिन्दु धर्मको अनुयायी बन्ने इच्छा गर्दा काश्मिरी पण्डितहरूले उनले नराम्रो कर्म गरेका कारण हिन्दू बन्नका लागि अनुमति दिएनन् । त्यसपछि उनले इस्लाम धर्ममा प्रवेश गरी आफ्नो नाम सद्रुद्दिन राखे । विशेषगरेर यसपछि भने इस्लाम धर्मले यस क्षेत्रमा राम्रैसँग फैलने मौका पायो । गजनीले गरेको इस्लामीकरणको अभियानले यिनका पालामा राम्रैसँग मौलाउने अवसर पायो । केही समय यिनैका सन्तानहरूले शासन गरेतापनि पछि अफगानबाट आएका मुसलमानहरूको यस क्षेत्रमा शासन भएको इतिहासकारहरू बताउँछन् । अफगानीहरूको शासनलाई पनि परास्त गरी जम्मु काश्मिरमा पञ्जावका राजा रणजित सिंहले पनि राज्य गरेको र कालान्तरमा यी शिखहरू पनि अङ्ग्रेजहरूसँग पराजित भएपछि अंग्रेजहरूले शासन गरेको पाइन्छ । यसपछि भने यहाँको शासन काश्मिरका अन्तिम राजा डोग्रावंशीय हरि सिंहका पूर्खाहरूमा आएको देखिन्छ । डोग्रा वंशका प्रथम राजा गुलाब सिंहले जम्मु काश्मिरलाई लडेर जितेको नभई अङ्ग्रेजहरूसँग त्यतिखेरको चलनचल्तीको ७५ लाख नानकशाही रुपियाँमा खरिद गरेको भन्ने इतिहासकारहरूको भनाइ रहीआएको छ ।

२. जम्मु काश्मिरका बारेमा नेपालमा असत्य प्रचार
गुलाब सिंहले शासनसत्ता सम्हालेतापनि यहाँका अधिकांश जनता त्रासदीका कारणले मुसलमान धर्म अंगाल्न बाध्य भइसकेका थिए । यसैले ठिक छ त्यहाँ हिन्दूहरूलाई नै जबर्जस्ती मुसलमान बनाइएका एवम् परापूर्व कालदेखि बाहिरबाट आई बसेका मुसलमानहरूको पनि क्षेत्र त हो तर त्यहाँका आदिवासीहरू भने हिन्दूहरू नै हुन् । यस विषयका बारेमा नेपालमा केही अफवाह फैलाउने प्रयास भइरहेको देखिन्छ । अर्थात् यस प्रदेशलाई भारतले हठात् लिएर त्यहाँका मुसलमानहरूलाई दुःख दिने गरेको छ । धारा ३७० र ३५ ‘ए’ खारेज गरिनु त्यहाँका काश्मिरी मुसलमानहरूलाई शासन गर्ने अराजक र अमानवीय शैली हो भन्ने खालका असत्यखालका समाचारहरू फैलाउने प्रयास यहाँ भइरहेको हुन्छ । यस किसिमका समाचार अरूले फैलाउनुलाई त खासै अचम्मको विषय मानिँदैन तर नेपालमा हिन्दूकै नाममा सानातिना झुण्डहरू बनाएकाहरूले पनि यस किसिमका कुरा राख्नुलाई अत्यन्तै गम्भीर तरिकाले सोँच्नपर्ने अवस्था आएको छ । तर काश्मिरका विषयमा लेखिने त्यस किसिमका असत्य विषयहरू वास्तवमा त्यस किसिमका हुँदै होइनन् भन्ने विषय जम्मु काश्मिरको सही इतिहास पढेमा अल्झनपर्ने कारण नै हुँदैन ।

३. भारत प्रशासित हुनुको पीडा
जम्मु काश्मिरका अन्तिम राजा डोग्रा राजवंशीय हरि सिंह हुन् । जम्मु काश्मिरमा डोग्रा राजवंशले सन् १८४६ देखि शासन गर्दै आएको देखिन्छ । झण्डै १०० वर्ष शासन गरेको राजवंश भारत स्वतन्त्र भएपछि र भारत र पाकिस्तान छुट्टिसकेपछि पनि स्वतन्त्र नै रहेको थियो । बहुमत जनता मुसलमान भइसकेको जम्मु काश्मिरलाई भारतले स्वतन्त्र रहन्छ भने ठिकै छ भनेरै खासै ध्यान पनि दिएको थिएन । तर पाकिस्तानले भने यसलाई आफ्नो बनाउने योजनामा लाग्यो । मुसलमानहरूको अझै धेरै प्रवेश गराएर कब्जा गर्ने उद्देश्यमा रहेको पाकिस्तानले धेरैपटक उसमाथि आक्रमण पनि ग¥यो । सके आक्रमण गरेर खाने नभए आफ्ना नागरिक प्रवेश गराएर बहुमत गराउने र त्यहाँ जनमत गराई आफ्नो गराउने उद्देश्यमा पाकिस्तान लागिरह्यो । हरि सिंहले बेलैमा बुद्धि नपु¥याउँदा काश्मिरको अधिकांश भाग पाकिस्तानले आफ्नो बनायो । तर अन्तिम अवस्थामा भारतको शरणमा आएका हरि सिंहले धारा ३७० र ३५ ‘ए’ सहित काश्मिरलाई भारतमा विलय गराए । अन्तिम अवस्थामा भएपनि यो उनले जम्मु काश्मिरका लागि ठिक निर्णय गराएका थिए ।

४. धारा ३७० र ३५ ‘ए’ घातक देखिए
धारा ३७० ले जम्मु काश्मिरका लागि छुट्टै संविधानको निर्माण गरेको थियो भने धारा ३५ ‘ए’ ले जम्मु काश्मिरमा त्यहाँका आदिवासीले बाहेक भारतकै पनि अन्य प्रदेशमा बस्नेले जग्गा जमिन खरीद गर्न नपाउने भन्ने विषयलाई सम्बोधन गरेको थियो । भारत सरकारले जम्मु काश्मिरलाई आफुसँग मिलाउने समयमा त्यहाँका आदिवासीहरूलाई पछि पनि आफ्नोपन सुरक्षित राख्नका लागि अवसर प्रदान गरेको थियो । हिन्दुहरूलाई संगठित हुने अवसर प्रदान गरेको थियो । तर भारत सरकारले सोँचेजस्तो अवस्था त्यहाँ हुन सकेन । पाकिस्तानीहरूको घुसपैठ भई भारतलाई सुरक्षाको दृष्टिकोणले झनै अप्ठ्यारो अवस्थामा लैजान सक्ने देखियो । दैनिकजसो त्यहाँका नागरिकमाथि आक्रमण, जम्मु काश्मिरको अस्तित्व सुरक्षित गरिदिएको भारतीय सेनाकाप्रति नराम्रोपन, सन् १९९० मा त्यहाँका काश्मिरी पण्डितहरूको विभत्स हत्या एवम् लखेटाई इत्यादि कारणले धारा ३७० र ३५ ‘ए’ द्वारा विशेषाधिकार दिनु सुरक्षा एवम् देशहितका कारणले उचित नरहेकाले ती धाराहरूलाई संसदमार्फत् खारेज गरिएको हो । पाकिस्तानीहरूको जनसंख्या बृद्धि गराई पाकिस्तानतिर लगेर गाभ्ने या आफै त्यहाँको शासक भएर जनतालाई दुःख दिइरहने नियत भएकाहरूलाई यसले ठूलै अवरोध सिर्जना ग¥यो नै । अतः भारतीय संसदद्वारा गरिएको यो काम अत्यन्त उचित भएको काश्मिरमा बस्ने आदिवासी हिन्दुहरूले त बताउने नै भए त्यहाँका सही मुसलमानहरूले पनि यस कामबाट आफुहरू अत्यन्तै हर्सित भएको बताउने गरेका छन् ।

५. पहलगाम घटना, दानवीय आतङ्क
जम्मु काश्मिरमा परापूर्वकालदेखि हिन्दूहरूलाई त्यहाँका आतङ्की समूहले दुःख दिइरहेकै छन् । त्यहाँ विशेषगरेर धारा ३७० र धारा ३५ ‘ए’ को खारेजीभन्दा पहिले त सञ्चारमाध्यम र सर्वसाधारणले थाहा नपाउने गरी नै दिन प्रतिदिन आक्रमण भइरहेका हुन्थे । तर, यी धाराहरूको खारजीपछि भने त्यहाँ हुने आतङ्कवादी हमलामा धेरै हदमा कमी आएको थियो । सैनिकहरूलाई ताकेर ठूलै आक्रमण गरे तापनि आतङ्कवादीहरूले सर्वसाधारणलाई हमला गरेका भने थिएनन् । तर गएको अप्रिल २२ तारिख मानवीय दृष्टिकोणले अत्यन्तै क्रूर दिन हुनपुग्यो । धर्मका आधारमा २७ जनाको विभत्स हत्या गरियो भने एकजना त्यहीँका स्थानीय मुसलमानलाई पनि प्रतिकार गर्दा आतङ्कीहरूले हत्या गरे । यस घटनाबाट नेपाली नागरिक सुदीप न्यौपानेले पनि ज्यानको आहुती दिनपर्यो । हिन्दु भएकाले नै आतङ्कीको सिकार हुने पुगे । इराक, अफगान आदि देशमा हिन्दू भएकाले नै विभत्स हत्याको सिकार हुनपुगेका नेपालीहरूका बारेमा नेपालले कडा वाक् प्रतिकार र कार्य प्रतिकार गर्न नसक्दा यस किसिमको दानवीय घटना पुनः दोहोरिन पुग्यो । यस्तै किसिमका मुसलमानका नाममा भएका आतङ्कवादी हमलाले गर्दा मुसलमानहरूलाई आतङ्कवादसँग जोड्ने गरिएको छ । तर, निराकार ईश्वरलाई अल्लाहका रूपमा मान्दै आएका अधिकांश मुसलमान सरिफ नै छन् । यस किसिमका घटनाहरूको सरिफ मुसलमानहरूले जोडदार तरिकाले विरोध गर्दै भारतले यसको जवाफ तुरुन्त दिनुपर्ने बताएका छन् ।

६. नेपाली मुसलमानले पनि बोल्ने समय आयो
संसारका विभिन्न स्थानमा मुसलमानका नामले आक्रमण हुने गरेको छ । तर उनीहरूले आफुहरूलाई मुसलमान माने पनि उनीहरू मुसलमान होइनन् । सच्चा मुसलमानले सबैलाई दयाको दृष्टिकोणले देख्छ । ईश्वरको अर्थात् अल्लाहको नियमले चल्दछ । कुरानमा लेखिएको अल्लाहलाई नमान्ने काफिर हुन् भनेको जुनसुकै मार्गलाई अपनाएर भएपनि ईश्वरलाई नमान्ने काफिर हुन् नास्तिक हुन् भनेको हो भनेरै उनीहरूले मान्ने गरेका छन् । जुनसुकै नामले ईश्वरको आराधना गरे पनि हुन्छ भन्ने असली मुसलमानको भनाईरहेको छ । त्यसैले स्थान विशेषका नास्तिक रूपले खाइसार र लाइसार जीवन विताएका मानिसहरूलाई ईश्वरकै दुतका रूपमा आएका पैगम्बर मुहम्मदले सनातन परम्परा अनुसारको निराकार पद्धतिलाई बताउँदै स्थानीय भाषामा ईश्वरको प्रयायवाची शब्द अल्लाहलाई मान्ने पद्धति बसाएका हुन् भन्ने मान्यता रहिआएको छ । मुसलमान विद्वान् अरिफ मोहम्मद खानको कुरानमा नभएका कुराहरू पनि थपथाप गरेर आतङ्क फैलाउने मुसलमान नभएर ती वास्तविक काफिर हुन् भन्ने धारणा रहेको छ । यसै सिलसिलामा नेपालमा परापूर्वकालदेखि रहिआएका मिया मुसलमानहरू मध्ये अधिकांशलाई त यो विषय थाहा नै छ । उनीहरू यस किसिमका आतङ्कवादबाट टाढा रहँदै नेपालमा असली मुसलमानको परिचय दिइरहेकै छन् । तर उनीहरूलाई उचालेर यहाँ आतङ्क फैलाउने योजनाकारहरू जो २०६२–६३ पछि नेपालमा सक्रिय छन् । उनीहरूबाट नेपाली मिया मुसलमान सधैँ सचेत हुनपर्ने समयआएको छ । भरखरै मात्र विरगञ्जमा भएको घटना लगभग काश्मिरी अवस्था ल्याउनेहरूकै षडयन्त्र थियो । पारिपट्टी यिनैहरूलाई सपोर्ट गर्नेहरूको नेतृत्व भएको भए विरगञ्जमा हिन्दूहरूको रगतको खोलो नै बगाउने योजनाका बारेमा जानकारहरूले बताउँदै आएका छन् । अतः असली मुसलमानको बदनाम गराएर विश्वमा हुने गरेका यस किसिमका घटनाबाट टाढा रहँदै नेपाली मिया मुसलमानहरूले पनि ती विषयहरूको घोर भत्र्सना गर्नुपर्ने देखिन्छ । यसो नगरेमा यो देश नेपालपनि पहिले हिन्दू मुसलमान अनि पछि सिया सुन्नीहरूको रणभूमि बन्न सक्ने अवस्था आउने आँकलन रहीआएको छ ।

७. नेपालमा हिन्दुत्वभित्र लुकेको भारत विरोध अत्यन्तै घातक
नेपाल पुरातन समयदेखि नै सनातन हिन्दू भूमि हो । त्यसैले त यहाँ वैदिक, बौद्ध, किराँत आदि सनातन धर्मावलम्बीहरूको तपोभूमि रहेको छ । त्यतिमात्र नभएर यहाँ हामीले विदेशी भूमिबाट ल्याइएका मुसलमानहरूलाई पनि अतिथिकै रूपमा सम्मानपूर्वक राखेका छौँ भने स्वधर्म र स्वसंस्कार बदल्न एवम् बदलाउन नचाहने क्रिश्चियनहरू पनि सुरक्षित नै छन् । नेपालमा नजानिँदो तरिकाले एउटा समस्या हालमा देखिएको छ । त्यो के हो भने – हो परापूर्वकालमा विश्व एक थियो । धर्मले चलेको विश्वमा कुनैपनि दण्डनायक (राष्ट्रप्रमुख) को आवश्यकता नै थिएन । ईश्वरीय नियम अनुसार सबै चलेको थियो । तर विस्तारै विस्तारै विश्व टुक्रँदै जानथाल्यो । विश्वमा विभिन्न देशहरूको निर्माण हुनथाल्यो । नेपाल, भारत आदि देशहरू स्वतन्त्र रूपले बने । फेरि कालान्तरमा विभाजित हुन पुगे । जमिन कहिले कताको हुनपुग्यो भने कहिले कताको । यस्तै सामान्य हिसाबले चल्दै गर्दा पुनः कुनै बेला एकीकृत पनि हुन पुगे । नेपालमा कम्युनिष्ट र अन्य राजनीतिक दलका नाममा क्रिश्चियनीकरणका लागि हिन्दूहरूको विरोध त भइरहेकै हो । तर हिन्दूत्वका नाममा नै भारतका विरुद्ध बोल्नु नै आफ्नो हिन्दुत्वको पहिचान भएको मान्दै आएकाहरूको हिन्दू विरोध दोकान बुझिनसक्नु नै छ । भारतले धेरै संयमका साथ केही उपाय नलागेपछि धेरै ढिलो गरी सुरु गरेको आतङ्कवादको हमलालाई पनि पाकिस्तान र भारतमा लगेर जोडी यहाँ भारत विरोधि दोकानलाई झारपात सरी फैलाउने प्रयास जारिराखेका छन् । तर यो काम नेपालका लागि अत्यन्तै घातक रहेको छ । त्यस्तै नेपालमा रहेर हिन्दुत्व या अरू नै रूपमापनि चीन विरोधी कार्य गर्ने केहीको प्रयास पनि नेपालका लागि उत्तिकै घातक रहेको छ । अमेरिकासँगको कुटनीतिक सम्बन्ध र पाकिस्तानको साथ रहेको पुरानो चीनको नीतिलाई लिएर भारतीयहरूले प्रयोग गर्ने गरेको कुटनीतिक भाषा नबुझीकनै चीनलाई गाली गर्नु पनि नेपाल र नेपालीका लागि खेदजनक विषय नै रहीआएको छ ।

८. भारतको आक्रमण इस्लाम विरुद्ध नभई आतङ्कवाद विरुद्ध हो ।
सीमापारीबाट हुने विभिन्न आतङ्कवादसँग लड्दै आएको भारतमा पछिल्लोपटक भएको घटनाका बारेमा त माथि बताइएकै छ । यस किसिमको धर्मका नाममा भएको आतङ्कवादी आक्रमणबाट भएको विभत्स हत्याबाट एकजना नेपालआमाका सपुतले पनि ज्यान गुमाउनु पर्यो । यसरी आक्रमण हुनुको कारण भनेको पाकिस्तानबाट घुसपैठ गरी आएकाहरूलाई सीमामा निगरानी नगर्नु नै हो । त्यसैले भारतले पाकिस्तानलाई सधै यही कुरामा जोड दिँदै रोक्नका लागि आग्रह गर्दै आइरहेको थियो । केही समय अघिसम्म भएका ठूल–ठूला आक्रमणबाट पनि भारत संयमित नै भईबसेको थियो । तर संसारका मानव जातिलाई नै आङ् सिरिङ्ग पार्ने गरी भएको घटनाबाट भारत संयमित हुनै सकेन । तर पनि घटना भएको केही समयसम्म त पाकिस्तानसँग आतङ्कवादीलाई मार्नका लागि संयुक्त सैन्य कार्यवाही गर्नका लागि आग्रह गरेकै हो । तर यो कुराले टुङ्गो नपाउँदा उसले पाकिस्तानमा लुकेर बसेका आतङ्कीहरूका विरुद्ध हमला गरिरहेको छ । नरेन्द्र मोदी युद्धप्रेमी हुँदै होइनन् तर यो उनीमाथि बाध्यता आइलागेको छ । उनको पाकिस्तानका निहत्था नागरिकको हत्या गर्ने योजना छँदैछैन । त्यसैलेपनि अहिले युद्धविरामको कुरो पनि आइसकेको छ । जे जसरी भएपनि विश्वबाट मानवता विरोधि आतङ्कवाद सदाकालागि अन्त्य होस् ।

९. निष्कर्ष
हिन्दू बाहुल्य काश्मिरको वारेमा स्वदेशी विद्वान् इतिहासकारहरू जसले धर्म सम्झेर कसैको पनि नुन नखाई लेखेका छन् त्यस्ताका इतिहासका सामग्रीहरू पढेर मात्र आफ्नो धारणा राखौँ । विदेशीहरूले एवम् विदेशीहरूको जुठो खाएकाहरूका बोलीमा नफसौँ । ठ्याक्कै काश्मिरको इतिहास नेपालमा पनि हुनसक्ने अवस्था आएको कुरा भरखर मात्र विरगञ्जमा घटेको घटनाले देखाइसकेको छ । काश्मिरी फाइल्स जस्तो सत्य घटनामा आधारित फिल्मलाई त यहाँ कपोलकल्पित भनेर दोकान गर्नेहरू राष्ट्रवादी भएर रहेका छन् । उनीहरूको गतिलरी पहिचान गरी उनीहरूका शब्दहरूको मायाजालमा नफसौँ । २०६२ पछि नागरिकता विधेयक पास गरी यहाँका नेपाली सनातनी मधेसीहरूलाई नागरिकता दिने नाममा बंगलादेशी र पाकिस्तानीहरूलाई नागरिकता दिई यहाँका पुराना मुसलमान, मिया र मधेसीहरूको अधिकार वञ्चित गर्नेहरूले यहाँ मान्छेलाई विभत्स तरिकाले चिर्ने दानवहरूको पक्षमा बोलिरहेका छन् । उनीहरू कोही राष्ट्रवादको भेषमा, कोही हिन्दुहरूको भेषमा त कोही प्राकृतिक पूजकका रूपमा पनि रहेका छन् भने धेरै त नेताहरूकै रूपमा पनि रहेका छन् । देशमा यसरी धर्म परिवर्तन गराएर डामाडोल पारिरहँदा बोली नफुटाउने अनि आतङ्कवादको पक्षमा भने ठूलो स्वरले कराउन पछि नपर्नेहरू हाम्रो देशका प्रियपात्र त हुँदै होइनन् । उनीहरूले पक्ष लिएर बोल्ने कुनैपनि देशका पनि उनीहरू प्रिय होइनन् । आफ्ना बुबाको स्वास्थ्योपचारका लागि प्रयोग गरिएको औषधीमा रक्सी मिसिएको छ खुवाउनहुन्न भनी बुबाका पक्षमा लागेको जस्तो गरेर बुबाको हत्या गर्ने हत्याराहरू हुन् । सबैको जय होस् । सत्यमेव जयते ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?