ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सकेसम्म नेपाल नछोडौ : ‘माटोको सुगन्ध, सुनभन्दा मूल्यवान् हुन्छ’

२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार

वास्तवमा, अहिलेको पुस्तामा एकप्रकारको सामूहिक निराशा फैलिएको छ —

“नेपालमा केही हुँदैन”,

“देश खत्तम भयो”,

“यहाँ बस्नूको अर्थ छैन”,

“सबै कुरा बिग्रिएको छ” हो यस्तै र यिनै भावनाले गर्दा देश छाड्ने लहर पनि व्यापक भएको छ

पछिल्ला वर्षहरूमा धेरै नेपाली युवाहरू, बौद्धिक वर्ग र श्रमशक्ति विदेशतर्फ गइरहेका छन्।

• बेरोजगारी

• शिक्षा र स्वास्थ्यमा असमान पहुँच

• कमजोर राजनीतिक नेतृत्व

• नीति कार्यान्वयनमा भ्रष्टाचार

• ढिलो विकास

• न्यून सामाजिक सुरक्षाको अनुभूति

यी सबै समस्या हुन्, यसमा दुईमत छैन।

तर समस्याहरूका कारण देश नै सकियो भन्ने निष्कर्षमा पुग्नु समाधान होइन, पलायन हो । देश छाडेर विदेश जानु अवसर खोज्ने उपाय हुन सक्छ, तर समस्याको समाधान होइन यदि सबै योग्य, सचेत, कर्मशील मानिसहरू देश छोड्ने हो भने :

• देश कसले बनाउने?

• नीति कसले सुधार गर्ने?

• जनतालाई प्रतिनिधित्व गर्ने सचेत वर्ग को रहने?

• आगामी पुस्ताले कस्तो देश पाउने?

देशको सुधारको जिम्मा अरुले होइन, हाम्रै पुस्ताको काँधमा हुन्छ।

जुन पुस्ताले “देश सकियो” भनेर हिँड्छ, उसैले परिवर्तनको मौका पनि गुमाउँछ।

“सम्भावना छैन” — साँच्चिकै छैन त? कि हामी देख्न छाडेका छौं?

सम्भावना कहिल्यै झोला बोकेर आउँदैन त्यो संघर्ष, लगन र दीर्घदृष्टिबाट जन्मिन्छ।

• युवाहरूले प्रविधि, कृषि, पर्यटन, उद्यमशीलता जस्ता क्षेत्रमा असीम सम्भावना देख्न सक्नुपर्छ ।

• शिक्षित वर्गले नीति निर्माणमा प्रभाव पार्न सक्छ।

• मिडिया, साहित्य, कला र अभियन्ताहरूले चेतनाको क्रान्ति ल्याउन सक्छन्। किनकि आज पनि हजारौं युवाहरू नेपालमै रहेर केही गरिरहेका छन् —

• स्टार्टअप सुरु गरिरहेका छन्,

• शिक्षामा नवीनता ल्याइरहेका छन्,

• कृषि र प्रविधिमा नवप्रवर्तन गरिरहेका छन ।समाधान के हो?

1. देशप्रेमलाई व्यवहारमा उतार्ने

• देशप्रेम भाषण होइन — यहीँ बसेर, स-सानो कामबाट परिणाम ल्याउने कुरा हो।

2. संस्थागत सुधारमा लाग्ने

• राजनीतिलाई टाढा होइन, नजिकबाट हेर्ने। राम्रो मान्छे राजनीतिमा पुग्ने वातावरण बनाउन सघाउने।

3. शिक्षा र सीपको लगानी देशमै प्रयोग गर्ने

• विदेशमा पढ्ने ठीक हो, तर ज्ञान र अनुभव देशमै फर्काएर योगदान दिने सोच बनाउने।

4. समुदायस्तरबाट परिवर्तन सुरु गर्ने

• आफूले देखेको समस्या समाधान गर्न साना प्रयासहरू सुरु गर्ने। जस्तै: गाउँको विद्यालय सुधार, स्वच्छता अभियान, डिजिटल साक्षरता आदि।

5. सकारात्मक सोच र दृष्टिकोण फैलाउने

• “देश सकियो” होइन, “देश बनाउनु छ” भन्ने दृष्टिकोण बोकेर अगाडि बढ्ने र एउटा अहोट गर्ने कि

नेपाल सकिएको होइन थाकेको हो।

त्यसलाई उठाउने जिम्मा हामीसँग छ।

यदि सबैले सोच्न थाल्यो “यहाँ केही हुँदैन”, अनि साँच्चिकै केही हुने छैन तर कोही केही गर्न उठ्यो भने

त्यही एउटा आशाले परिवर्तनको बीउ रोपिन्छ

देश छाड्ने होइन, देश बनाउने चलन सुरु गरौं।

समस्या देख्ने मात्र होइन, समाधान सिर्जना गर्ने गर्नु एक देशप्रीमी नागरिकको कर्तव्य हो ।

धेरैले भन्छन्, “यहाँ त केही सम्भावना छैन,” “देशमा के गर्नु?” वा “अवसर त विदेशमै छ।” तर वास्तविकता के हो भने सम्भावना कहिल्यै पनि आँखाले देखिने वस्तु होइन, दृष्टिकोणले बनाइने अवसर हो।

जसरी बीउ माटोमा मिल्छ अनि पानी, घाम, समय पाएर बिरुवा बन्छ त्यसैगरी सम्भावना पनि परिस्थिति,

दृष्टिकोण र कर्म बाट जन्मिन्छ।

• जुन मानिसले जंगलमा केवल झाडी देख्छ,

उही अर्कोले त्यहीँ घाँसको उद्योग देख्छ।

नेपालमा पनि सम्भावना छन् — तर हेर्ने आँखा र बनाउन सक्ने साहस चाहिन्छ।देशमै केही गर्न सकिंदैन भन्ने सोच भनेको सम्भावनालाई अन्धकारमा थुन्ने कुरा हो।

तर जसले चुनौतीलाई मौका मान्छ,

त्यसैले देश बनाउँछ, भविष्य बनाउने गर्दछ ।

सम्भावना भनेको खोजिने होइन — सिर्जना गरिने कुरा हो।

हाम्रो सोच, दृष्टिकोण, र सङ्कल्पले नै नयाँ सम्भावनाहरू जन्मिने गर्द्छ्न त्यसैले आजैदेखि भनौं —

“जहाँ अरूले केही देख्दैनन्, म सम्भावना देख्छु।

जहाँ अरुले सकियो भन्छ म सकिन दिदैन भन्ने अठोट लिदछु ।  आजको मानवीय विकासका विविध चरण मन्ध्य प्राविधिक र चितनाको तिब्र विकासले मानवलाई धेरैनै महत्वकाक्षी र देखावटी बनाएको छ अझ देखावटी परनिरभर्ताको  दृष्टीकोणबाट हेर्दा अहिले हामी नेपालमा बस्छौं, तब लाग्छ — यहाँ केही छैन, अवसर छैन, जीवन अगाडि बढ्दैन। भोलिका सुनौला सपना देखाउँदै विदेशका रङ्गीन सडकहरूले आकर्षित गर्छन्। लाग्छ, त्यहाँ पैसा छ, स्वतन्त्रता छ, प्रतिष्ठा छ। अनि हामी एक दिन हिम्मत गर्छौं, बिदा लिन्छौं आमाबाबुबाट, साथीहरूबाट, अनि छाड्छौं त्यो माटो — जुनमा हामीले पहिलोपल्ट हिँड्न सिकेका थियौ तर जब त्यही माटो टाढिन्छ, तब मात्रै थाहा हुन्छ — यथार्थ पैसा होइन भावनाले भरिएको देश रहेछ विदेशको शहरमा लाख बत्ती बल्ला, तर आमा-बुबाको एक नजरको उज्यालो हुँदैन।

रोज लाखौं कमाउला, तर आफ्नै भाषामा ‘नमस्ते’ सुन्‍न मन तडपिन्छ रातभरी ‘work shift’ होला, तर दशैंको टीकाको त्यो एक घण्टा स्मृतिमा घन्किन्छ ।

बिस्तारै थाहा हुन्छ — जुन बेला ‘अहिले गइसके भइहाल्छ’ भन्ने थियौं, त्यही देश, त्यही गाउँ, त्यही मान्छेहरू नै जीवनका सबैभन्दा असली हिस्सा रहेछन भन्ने । त्यसकारण म भन्छु

(नेपाल छोड्नु भनेको आत्मालाई टाढा पार्नु हो देवभूमिलाई अँगालौं, भाग्य आफै बद्लिन्छ ।)

हाम्रो जीवनमा एउटा मात्र कुरा तय हुन्छ — जन्म। अनि त्यो जन्म कुन माटोमा हुन्छ, त्यसले हाम्रो सम्पूर्ण जीवनको आत्मा तय गर्छ। हामी भाग्यमानी छौं कि साक्षात् देवताको भूमि, हिमाल, बुद्ध, र वीरहरूको जन्मभूमि नेपालमा जन्म पाएका छौं। तर विडम्बना — यति गौरवशाली मातृभूमिलाई पछाडि छाडेर हामी बारम्बार विदेश जाने सोचमा रमाउँछौं।

नेपाल — केवल देश होइन, आत्मा हो ।

नेपाललाई विश्वले केवल एउटा सानो देश भनेर हेर्ला, तर हाम्रो लागि यो ‘देवभूमि’ हो — जहाँ हर पाइला धर्म, संस्कृति, प्रकृति र परम्पराको स्पर्श गर्छ।

• यही देशमा भगवान गौतम बुद्ध जन्मिए,

• यही देशको माटोमा वीर गोर्खालीहरूले इतिहास रचे,

• यही देशका पर्वहरू, भाषा, रितिरिवाजहरूमा हाम्रो पहिचान लुकेको छ ।

के हामी यस्तो पवित्र भूमि त्यागेर, पैसाको लोभमा विदेशी भूमिमा आत्मा बेच्न तयार छौ?

म त भन्छु

सकेसम्म देश नछाडौं — किनभने…

• देश छोडेपछि फिर्ता पाइँदैन त्यो बचपन, जुन गाउँको भीर, खोल्सामा बितेको बुवाआमा श्रीमान/ श्रीमती र बालबच्चाको अनुहार सम्झनामा मात्र बाँकी हुन्छ, कहिलेकाहीँ फोनमा देखिने टुलुटुलु नजर।

• साथीहरू ‘फेसबुक फ्रेन्ड्स’ मा सीमित हुन्छन्, तर त्यो गाउँको चिया पसल, स्कुलको पर्खाल, लुकामारी खेलेका डाँडाहरू — तिनको अनुभव विदेशमा कतै भेटिदैन

देशप्रेम भनेको चिच्याएर देखाउने कुरा होइन — कर्मबाट देखिने चीज हो ।

देशमा बस्न गाह्रो छ, यो सत्य हो। समस्या छन् बेरोजगारी, राजनीतिक अस्थिरता, विकासको गति सुस्त। तर समाधानको बाटो पनि हामी आफैंबाट सुरु हुन्छ।

कसैले देश बनाइदिदैन हामी आफैं बनाउनु पर्छ।

यदि हरेक नेपालीले भने — “सकेसम्म म देशमै केही गर्छु”, अनि बल्ल नेपाल बन्छ।

बुद्ध नेपालमा जन्मेर विश्वलाई शान्तिको सन्देश दिन सक्छन् भने, हामीले पनि यहीँ बसेर परिवर्तनको बीउ रोप्न सकिन्छ । जन्म एकपटक हुन्छ — त्यो जन्म मातृभूमिलाई बलिदान गरौ हाम्रो माउआमा जस्तै — मातृभूमि पनि एउटी मात्र हुन्छिन हामी त उनलाई टाढाबाट सम्झिन्छौं, तर उनले कहिल्यै हामीलाई छाड्दिनन्।

त्यसैले, आऊ — आजैदेखि सोच बनाऔं,

• “जन्म मेरो यहीँ भएको हो,

• कर्म पनि यहीँ गरौं,

• बलिदान पनि यहीँ सँग गरौं —

जुन माटोले मलाई मान्छे बनायो, त्यसकै लागि केही त म गर्नै पर्छ भन्ने सङकल्प गरौ । नेपाल हाम्रो भाग्य मात्र होइन, हाम्रो कर्तव्य पनि हो।

देशप्रेम भाषण होइन, यहि माटोमा बसेर, दुःख सहे पनि केही सिर्जना गर्नु हो सकेसम्म विदेश नजाऔं — तर जानै परे पनि देश नबिर्सौं।

तर सबैभन्दा ठूलो देशसेवा भनेको यहीँ बसेर, यहीँ केही गरेर देखाउनु हो नेपाल नछोडौं — किनभने देवभूमिलाई टाढाबाट हेर्ने होइन, काखमा राखेर बनाउने किनकि नेपालजस्तो देश अरु हुनै सक्दैन

(देश छाड्ने सोचभन्दा अगाडि, सोचौं — के साँचै अरु देश हाम्रो नेपाल बन्न सक्ला?)

विश्वका हरेक राष्ट्रले आफ्नो पहिचान, संस्कृति, इतिहास, भौगोलिक बनावट, र जनजीवनका हिसाबले अनौठो विशेषता बोकेको हुन्छ। तर तीमध्ये पनि एउटा यस्तो देश छ, जसले आफ्नो अस्तित्व मात्र होइन, एक विशिष्ट आत्मा बोकेको छ — त्यो हो नेपाल ।

नेपाल — हिमाल, पहाड, तराई मिलेको अनुपम देश। जहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथा छ, बुद्धको जन्मभूमि लुम्बिनी छ, जहाँ विविधता छ तर एकताको सन्देश छ। जहाँ साना-साना गाउँदेखि महानगरसम्म हृदय छ, संस्कार छ, र आत्मीयता छ आजको यथार्थमा धेरै युवाहरू रोजगारी, पढाइ वा आधुनिक जीवनशैलीको मोहमा विदेशतिर गइरहेका छन्। कतिपय बाध्यताले हो, कतिपय मोहले। तर जब हामी विदेश पुग्छौं, अनि बल्ल थाहा हुन्छ — जीवन सजिलो भए पनि मन शान्त हुँदैन। पेट भरिए पनि आत्मा भोकै रहन्छ । यसर्थ एउटा प्रश्न छ जसको उत्तर जान्न सकियो भने पनि देशको प्रेम र महत्व थप बढ्ने छ ।

किन अरु देशले नेपालजस्तो हुन सक्दैन?

१. प्राकृतिक विविधता र सौन्दर्यको अनुपम मिश्रण

नेपाल विश्वकै एकमात्र यस्तो देश हो, जहाँ ८,८४८ मिटर उचाइको हिमालदेखि ७० मिटरको तराईसम्मको दूरी केही घण्टामा पार गर्न सकिन्छ। यहाँ चारै तिर सौन्दर्यको खानी छ — हिमालको सेतो मुस्कान, पहाडको हरियाली, तराईको उब्जनी भूमि। विश्वका थुप्रै मुलुकमा हिउँ छ, तर त्यहाँ सगरमाथा छैन। जंगल छ, तर चितवनजस्तो जैविक विविधता छैन।

२. धार्मिक सहिष्णुता र सांस्कृतिक समृद्धि

नेपाल हिन्दुबहुल देश हो, तर यहाँ बौद्ध धर्म, इस्लाम, क्रिश्चियन, किराँत सबै धर्म एकै ठाउँमा बस्न सक्छन्। यहाँ इन्द्रजात्रा, ईद, क्रिसमस, ल्होछार, छठजस्ता पर्वहरू एउटै समाजमा मनाइन्छन्। यही त हो, हाम्रो संस्कृतिको खुबी — बिभिन्नता हुँदाहुँदै पनि एकता।

३. इतिहास र गौरव — हामी कहिल्यै उपनिवेश भएनौं

नेपाल संसारका विरलै मुलुकहरूमध्ये पर्छ, जुन कहिल्यै कुनै विदेशी शासनमा परेन। हामीले आफ्नै वीरताले, एकताको बलमा नेपाललाई स्वतन्त्र राख्यौं। पृथ्वीनारायण शाहको ‘नेपाल एक फूलबारी हो’ भन्ने भनाइ अझै सान्दर्भिक छ — यहाँ सबै जात, धर्म, संस्कृति एउटै फूलबारीका रंग हुन्।

४. नेपालीको आत्मीयता — हाँसोमा लुकेको सादगी

नेपाली जहाँ पुग्छ, त्यहाँ आत्मीयता फैलिन्छ। हाम्रो भाषामा मिठास छ, व्यवहारमा नम्रता छ। पाहुनालाई ‘देवता’ मान्ने संस्कार अझै बाँकी छ। विदेशमा जब कोही भन्छ “तिमी नेपाली हौ?”, त्यो गौरव हो, पैसा होइन। त्यो बाँचिरहेको संस्कार हो, जसको मूल्य कुनै डलर वा युरोमा तुलनै गर्न सक्दिदैन ।

देश छाड्नुको विकल्प होइन आत्मनिर्भरता

हो, अहिलेको यथार्थमा धेरैले विदेश जानुपरेको छ। अवसर खोज्नु गलत होइन, तर त्यसमा आफ्नो पहिचान गुमाउनु, देशप्रति मोह घटाउनु गलत हो। देशप्रेम भनेको भेष बदल्नु होइन — भित्रको भावना बचाउनु हो। तपाईं जहाँ भए पनि नेपाली हुनुमा गर्व गर्न सक्नुपर्छ।

युवाशक्तिले देशमै काम पाओस् भनेर शासन प्रणाली सुधार गर्नुपर्ने हो। निजी र सरकारी क्षेत्र मिलेर देशमै रोजगारी सिर्जना गर्ने दिशामा लाग्नुपर्छ। अनि त्यो दिन टाढा छैन, जब नेपालीहरू विदेश जाने होइन, नेपाल फर्कने सपना देख्न थाल्दछन ।

नेपाल कुनै बनावटी “सपना” होइन — यो जीउँदो साँस्कृतिक आत्मा हो। सायद कतै बढी सम्भावना होला, बढी तलब होला, तर आत्मा त्यहीँ बाँच्छ जहाँ हामीले हाँस्न, रुन, सपना देख्न र ढुक्कसँग बाँच्न जानेका थियौं — त्यो नेपाल हो ।

त्यसैले, जाने सोच्नुपूर्व एकपल्ट आफैलाई सोधौं — के त्यो ठाउँ साँच्चै मेरो देश बन्न सक्छ? उत्तर निस्कन्छ — “नेपालजस्तो देश अरु हुनै सक्दैन । यसर्थ मुलुक आफै बदलिने होइन यो हाम्रो सोच र चेतनाले गरिने परिवर्तन हो । एउटा परिवर्तन त त्यतिबेला सुरु हुन्छ जब हामी मनभरी उब्जिने तिब्र वितृष्णालाई त्यागेर म देशमै केहि गर्छु भन्ने सोच मात्र विकास गर्छौ किनकि हामीले बुझेका छौ आज विश्वमा जुन परिवर्तन भएको छ त्यो भन्दा पहिले मानवको सोच र विचारमा परिवर्तन आएको थियो ।यसर्थ सोच र दृष्टीकोणले नै मुलुक परिवर्तन गर्नेछ हाम्रो जीवन परिवर्तन गर्ने छ । देश परिवर्तन होइन सोच परिवर्तन गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?