ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीद्वारा “मिडिया बजेट, नीति र कार्यक्रम” अन्तरसंवाद हुने

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

बुटवल, २५ बैशाख ।
लुम्बिनी प्रदेशमा सञ्चार क्षेत्रका समसामयिक चुनौतीहरूबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यले प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले “मिडिया बजेट, मिडिया नीति तथा कार्यक्रम, र सञ्चार क्षेत्रको अवस्था” विषयमा केन्द्रित एक दिवसीय अन्तरसंवाद कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रम यही बैशाख २८ गते, लुम्बिनी प्रदेश सरकारको सभाहल, राप्ती उपत्यका (देउखुरी) मा हुने तय गरिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा क्रियाशील प्रिन्ट, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमहरूको साझा प्रतिनिधित्व गर्दै आएको संघले सञ्चार माध्यमहरूमाथि देखिएका नीतिगत अस्पष्टता, बजेट अभाव, प्रविधिमा पहुँचको असमानता, र राज्य प्राथमिकताको न्यूनता जस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि सरकारसँग प्रत्यक्ष संवाद आवश्यक ठानेर कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

संघका अध्यक्ष नवराज कुँवरका अनुसार, पछिल्लो केही वर्षयता सञ्चार माध्यमहरू लोकतन्त्रको आधार स्तम्भका रूपमा कार्यरत भए पनि नीतिगत अन्यौल र आर्थिक अभावका कारण सञ्चार संस्थाहरू संकटमा परेका छन । उनले भने, “मिडिया हाउसहरू जनचेतना अभिवृद्धि, नागरिक सशक्तिकरण, र सुशासनमा योगदान पु¥याइरहेका छन् । तर, राज्यबाट अपेक्षित नीति, कार्यक्रम र बजेटको अभाव हुँदा सञ्चारको प्रभावकारिता घट्दो छ । यही पृष्ठभूमिमा, हामीले प्रत्यक्ष संवादमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका हौं ।”

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्य प्रमुख अतिथि रहने छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, साथै प्रदेश सरकारका प्रमुख सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरू, लुम्बिनी प्रदेश सञ्चार परिषद्का अध्यक्ष , विभिन्न सञ्चार संस्थाका सञ्चालक, सम्पादक, मिडिया विज्ञ, पत्रकार संगठनका प्रतिनिधिहरू लगायत करिब १०० जना सहभागी हुने अनुमान गरिएको छ । संघका महासचिव माधव नेपालका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य लुम्बिनी प्रदेश सरकार र सञ्चार क्षेत्रबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्नु, सञ्चार नीतिको समिक्षा र सुधारको आधार तयार गर्नु, तथा सरकार र सञ्चार माध्यमबीच सहकार्य र साझेदारीको प्रवद्र्धन गर्नु हो । उनले भने, “मिडिया नीति र बजेटको विषयलाई स्पष्ट र न्यायोचित बनाउने प्रयासमा हामी सरकारसँग सहकार्य गर्न तयार छौं । यस संवादले भविष्यमा प्रदेशस्तरको सञ्चार नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं ।”

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले हालै गठन गरिएको आफ्नो दुईवर्षे कार्ययोजनाको एक भाग स्वरूप यो संवाद कार्यक्रम आयोजना गरेको हो । संघले प्रदेशस्तरका मिडियालाई व्यवस्थित बनाउने, प्रदेश सरकारसँग समन्वयमा नीति निर्माण र बजेट सुनिश्चितता हासिल गर्ने तथा मिडियामा व्यावसायिकता र मर्यादा कायम राख्ने दिशामा विभिन्न कार्यक्रमहरू अघि सारेको छ ।

यस संवाद कार्यक्रमले सञ्चार क्षेत्रप्रति प्रदेश सरकारको प्रतिबद्धता, सरोकार, र गम्भीर ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । साथै कार्यक्रमपछि निस्कने सुझाव र सिफारिसहरूलाई संघले दस्तावेजीकरण गरेर नीति निर्माण तहमा पठाउने तयारी समेत गरिएको महासचिव नेपालले जानकारी दिए ।संघका अनुसार संवाद कार्यक्रममा सञ्चार क्षेत्रका उपलब्धि, चुनौती, राज्यको दायित्व र सहकार्यका सम्भावनाहरूबारे गम्भीर छलफल गरिनेछ । संवादका क्रममा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र सहभागीहरूले सुझाव राख्ने समय समेत दिइनेछ । प्रदेश सरकारसँगको यो प्रत्यक्ष संवाद सञ्चार नीतिलाई व्यवहारिक, समावेशी र विकासोन्मुख बनाउन सहयोगी हुने विश्वास प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?