ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

अन्तर्राष्ट्रिय रेडक्रसको आलोकमा नेपाल रेडक्रस सोसाइटी

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

पृष्ठभूमिः
रेडक्रस शब्द आज विश्वका हरेक जनजनका मन मुटमा कुँदिएको छ । सन् १८६३ मा थालनी भई १८६४ को प्रथम जेनेभा कन्भेन्सनबाट आधिकारिक रूपमा स्थापित रेडक्रस आज विश्वका १९१ मुलुकहरूमा सञ्चालित छ । यस संस्थाका परिकल्पनाकार जाँ हेनरी डयुनाको जन्मदिन ८ मे लाई अन्तर्राष्ट्रिय रेडक्रस दिवसको रूपमा मनाउने सन् १९४८ मा घोषणा गरियो भने सन् १९६५ पछि हरेक वर्ष ८ मे मा विशेष विषयवस्तुलाई केन्द्रमा राखी विश्वभरी अन्तर्राष्ट्रिय रेडक्रस दिवस मनाईन्छ । सन् २०२५ को अन्तर्राष्ट्रिय रेडक्रस दिवसको विषयवस्तुको सार ‘मानवतालाई आशा, सहयोग र उपचारद्वारा जीवन्त राखौं’ भन्ने रहेको छ । यसै सन्दर्भलाई आधार मानेर यो लेखमा रेडक्रसको परिकल्पना र स्थापना, रेडक्रसको विश्व व्यापकता, नेपालमा रेडक्रसः स्थापनादेखि वर्तमानसम्म, नेपाल रेडक्रस सोसाइटीका चुनौतिहरूको सेरोफेरोमा रहेर आफ्ना विचार र अनुभव पस्किएको छु ।

रेडक्रसको परिकल्पना र स्थापनाः
आफ्नो व्यापारिक कामको सिलसिलामा एउटा ३२ वर्षे स्वीस युवा जाँ हेनरी डयुना (८ मे १८२८–३० अक्टोवर १९१०) २४ जुन १८५९ को साँझ इटालीको सल्फेरिनो भन्ने शहरमा पुग्दछन् । सो साँझ अष्ट्रियाका सम्राट फ्राञ्ज जोसेफ द्वितीयको नेतृत्वमा अष्ट्रियन सैनिक र पे्रmञ्च–पेडमोण्ट सोर्डीयन सैनिक गठबन्धन क्रमशः नेपोलियन तृतीय र भिक्टर इमानुयन द्वितीयको नेतृत्वमा इटालीको स्वतन्त्रताको लागि भएको दोस्रो युद्धको अन्तिम साँझ थियो । यो युद्धमा पे्रmञ्च–पेडमोण्ट–सोर्डिनियन गठबन्धनको विजय भएको थियो । यो भिषण युद्धका कारण उनले दुवैतर्फका हजारौं घाइते सैनिक सामान्य उपचार र हेरचाहको अभावका कारण युद्ध मैदानमा छटपटिएको देखे । मानवतावादी सेवा भावले ओतप्रोत डयुना तत्कालै आफ्नो व्यापारिक काम छोडेर केही स्थानीय युवाहरूलाई सङ्गठित गरी ती घाइते सिपाहीको हेरचाह र उपचारमा तल्लिन रहे । त्यहाँको अवस्था सामान्य भएपछि जाँ हेनरी ड्युना स्वीजरल्याण्डको जेनेभा फर्के ।

जेनेभा फर्केपनि उनका आँखा अगाडी हरपल सल्फेरिनोको त्यो विभत्स, करुण क्रन्दन, आततायी दृश्य नाचीरहन थाल्यो । जात, धर्म, भाषा, संस्कृति, राष्ट्रियताको साँघुरो घेरावाट माथि उठी मानवीय दुःख, कष्ट, पिडामा निःस्वार्थ सेवा गर्ने एउटा सामाजिक संस्था स्थापना गर्न पाए हुन्थ्यो भन्ने सोचमा उनी लागे । त्यसैले उनले सन् १८६२ मा सल्फेरिनोको एक स्मृति नामक पुस्तक आफ्नै खर्चमा प्रकाशन गरे । सोह्र सयप्रति पुस्तक प्रकाशन गरी युरोपका शक्तिशाली राजनीतिक नेतृत्व, सैनिक अधिकृत लगायत अन्य व्यक्तित्वहरूका हातमा सो पुस्तक पु¥याइयो । युरोपभरी सो पुस्तकले सकारात्मक प्रभाव पा¥यो । यसैक्रममा तत्कालीन समयमा जेनेभास्थित सार्वजनिक कल्याणका लागि जेनेभा समाजका अध्यक्ष कानुनविद Gustave Moynier सो पुस्तक पढेर साह्रै प्रभावित भए । सो संस्थाको ९ फ्रेब्रुवरी १८६३ को वैठकमा सोही पुस्तकले उठान गरेको विषयवस्तुलाई प्रमुख प्रस्ताव बनाइयो । सो वैठकमा उक्त प्रस्तावमाथि व्यापक छलफल भयो । छलफल पश्चात् सो वैठकले आवश्यक तयारी, छलफल गरी ठोस तार्किक निष्कर्षमा पुग्ने अख्तियारी समेत दिई व्यापारी जाँ हेनरी डयूना, कानुनविद गुस्ताभ मोएनियर, स्वीस सैनिक जनरल हेनरी डुफोर, चिकित्सकद्वय लुइस आप्पिया र थियोडोर माउनोइर सम्मिलित ५ सदस्यीय एउटा समिति निर्माण गर्ने निर्णय भयो । सोही निर्णय वमोजिम सो पाँच सदस्यीय समितिको १७ फ्रेब्रुअरी १८६३ मा बसेको बैठकले सशस्त्र युद्धका कारण घाइते भएका असहाय सैनिकको निःस्वार्थ सेवा गर्ने उद्देश्यका लागि एउटा तटस्थ, स्वतन्त्र संस्था International Committee of the Red Cross स्थापना गर्ने निर्णय ग¥यो । त्यसपछि स्वीस सरकारले १४ देशका प्रतिनिधि संलग्न रहेको कुटनीतिक कन्फेरेन्स २२ अगष्ट १८६४ मा आयोजना ग¥यो । सो कन्फेरेन्समा पारित प्रथम जेनेभा कन्भेन्सनका हस्ताक्षरकर्ता मध्ये जाँ हेनरी डयुना पनि एक थिए । सशस्त्र युद्धमा घाइते भएका सिपाहीहरूलाई चिकित्सकलाई सम्मान गर्दै रेडक्रसको प्रतिक प्रयोग गरेर विना भेदभाव निस्वार्थ सेवा गर्न पाउने सिद्धान्त पारित गरेको यो कन्भेन्सन मानव सभ्यताको एउटा कोशेढुङ्गा हो । विश्वका धेरै देशहरूमा रेडक्रसको प्रतिक सेतोपृष्ठ भूमिमा रातो क्रस प्रयोग गरिन्छ । केही मुस्लिम देशहरूमा सेतो पृष्ठभूमिमा रातो क्रिसेन्ट (अर्ध चन्द्राकार) प्रयोग गरिन्छ । सेतो पृष्ठभूमिमा रातो क्रस प्रयोग गर्ने देशमा रेकक्रस सोसाइटी र सेतो पृष्ठभूमिमा रातो अर्ध चन्द्राकार प्रयोग गर्ने भएका देशहरूमा रेड क्रिसेन्ट सोसाइटीका नामबाट राष्ट्रिय संस्थाहरू सञ्चालित छन् । यी दुवै संस्थाहरूको प्रतिक चिन्ह मात्र फरक हो । यिनीहरूको मूलमर्म, सात आधारभूत सिद्धान्त एउटै हुन् । त्यसैले International Federation of Red Cross and Red Crescent Societies का नामबाट एउटै छाता संगठनमा समान उद्देश्य र आदर्श भावबाट निर्देशित भई विश्वभर १९१ देशमा राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरू गतिशील र क्रियाशील छन् ।

रेडक्रसको विश्व व्यापकताः
स्थापना भएको छोटै समयमा International Committee of the Red Cross आफ्ना निष्पक्ष, तटस्थ, विश्वव्यापी, मानवीय सेवाभावका कारण विश्वभर लोकप्रिय बन्यो । त्यसैले सन् १९०१ को नोवेल शान्ति पुरस्कार रेडक्रसका संस्थापक जाँ हेनरी डयुना र फ्रान्सेली अर्थशास्त्री तथा शान्तिवादी अभियन्ता फ्रेडरिक प्यासीलाई संयुक्तरूपमा प्रदान गरिएको थियो । यो सहित अन्तर्राष्ट्रिय कमिटी अफ द रेडक्रसले १९१७, १९४४ र १९६३ मा गरी आजसम्म ४ पटक नोवेल शान्ति पुरस्कार प्राप्त गरेको छ । सशस्त्र युद्धमा घाइते भएका सिपाहीहरूलाई निस्वार्थ सेवा गर्ने उद्देश्यका साथ रेडक्रसको स्थापना भएपनि हाल सशस्त्र युद्धका घाइते सिपाही, द्वन्दपीडित, प्राकृतिक प्रकोप पीडित र आपतकालीन समस्याबाट पीडित जनसमुदायलाई निःस्वार्थ विभेद रहित सेवा गर्ने यो संस्थाको प्रमुख उद्देश्य हो । हाल आएर International Federation of Red Cross and Red Cresent Societies (IFRC) अन्तरगत विश्वका १९१ देशका राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरू आवद्ध छन् । विश्वमा १६ मिलियनभन्दा बढी स्वयंसेवा गर्ने सदस्य भएको क्ष्ँच्ऋ विश्वको सबैभन्दा ठूलो मानवीय सेवामा समर्पित सामाजिक संस्था हो । जाँ हेनरी डयुनाले अन्तराष्ट्रिय रेडक्रस स्थापनाकालागि पु¥याउन भएको योगदानको कदर गर्दै १९४८ मा तत्कालिन ीभबनगभ या च्भम ऋचयकक क्यअष्भतष्भक ले डयुनाको जन्मदिन ८ मे लाई अन्तराष्ट्रिय रेडक्रस स्थापना दिवसको रूपमा मनाउने आधिकारिक घोषणा ग¥यो ।
विश्वका विभिन्न देशमा स्थापित राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूलाई संयोजन गर्ने उद्देश्यले प्रथम विश्व युद्ध पश्चात् सन् १९१९ मा फ्रान्सको पेरिसबाटLeague of Red Cross Societies स्थापना गर्ने घोषणा गरियो । सन् १९८३ माLeague of Red Cross Societies लाई League of Red Cross and Red Crescent Societies नामाकरण गरियो । विश्वमा रहेका राष्ट्रिय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरूको छाता संगठनलाई सन् १९९१ देखि International Federation of Red Cross and Red Crescent Societies (IFRC) भनी नयाँ नामाकरण गरियो । विश्वको १९१ देशमा सञ्चालित रेडक्रस सोसाइटीहरूका आफ्ना योजना, कार्यक्रम र गतिविधिहरू मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता जस्ता सातवटा आधारभूत सिद्धान्तबाट निर्देशित हुनुपर्दछ । रेडक्रसका सामाजिक सेवा कार्यक्रममा आवद्ध हुन चाहने जो कोहीपनि करुणामय, सिर्जनशील, सहयोगी, विश्वसनीय र प्रतिवद्ध सेवाभाव र आदर्शबाट गतिशील र कर्मशील हुनुपर्दछ ।

स्थापनादेखि वर्तमानसम्मः
रेडक्रसको अन्तराष्ट्रिय कमिटी स्थापना भएको करिब एक सय वर्षपछि नेपाल सरकारले जेनेभा कन्भेन्सनमा सहमति जनाएपश्चात् भाद्र १९, २०२० (४ सेम्टेम्बर १९६३) बुधवारका दिन नेपालमा नेपाल रेडक्रस सोसाइटी स्थापना भएको हो । तत्कालिन स्वास्थ्य मन्त्री डा. नागेश्वरप्रसाद सिंहको सभापतित्वमा वसेको वैठकले तत्कालिन अधिराजकुमारी प्रिन्सेप शाहको अध्यक्षतमा नेपाल रेडक्रस सोसाइटी स्थापना गरेको हो । नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रसका लागि अन्तर्राष्ट्रिय कमिटीले सन् १९६४ मा मान्यता दिएको हो । तद्पश्चात नेपालमा नेपाल रेडक्रस सोसाइटी एक विश्वासिलो सेवाभावले प्रेरित सामाजिक संस्थाका रूपमा लोकप्रिय छ । हाल नेपालका ७७ वटै जिल्लामा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा र ती शाखा अन्तर्गत १४४० उपशाखाहरू कार्यरत छन् । नेपालमा २०१८/०१९ सम्म रेडक्रस सोसाइटीमा १० लाख २६ हजार ४२२ जना सदस्यहरू आवद्ध छन् । जुनियर र युथ रेडक्रस सर्कलको संख्या ५८२८ रहेको छ । सो संस्था आफ्ना निःस्वार्थ सामाजिक सेवाका गतिविधिका कारण नेपालका हरेकगाउँ, टोल, नगर, शहरमा निकै लोकप्रिय छ । नेपाल रेडक्रस सोसाइटीले स्थापनाकालदेखि वाढी, पहिरो, भूकम्प, सशस्त्र द्वन्द्व तथा अन्य आपदविपदमा घाइते तथा पीडितको दुःख, पीडा, दर्दमा निःस्वार्थ सेवा प्रदान गर्दै आइरहेको छ । क्ष्लInternational Federation of Red Cross and Red Crescent Societies बाट एक अर्ब वरावरको सहयोग रकम प्रत्येक वर्ष आइरहेको छ । प्राकृतिक प्रकोप, सामाजिक विकास र स्वास्थ्य क्षेत्रमा IFRC को गुणात्मक सहयोग नेपालले प्राप्त गर्दै आइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीको चुनौतीहरूः
यस्तो पवित्र उद्देश्यका साथ सञ्चालित पवित्र संस्थामा केही नकारात्मक तत्वहरूको प्रवेशले क्ष्ँच्ऋ को नजरमा नेपाल रेडक्रस सोसाइटी कंलकित हुने हो कि भन्ने डर यो पङ्तिकारलाई लागेको छ । नातावाद, चरम दलीयकरण र भ्रष्टाचार संस्था भित्र मौलाउन लाग्यो कि भन्ने डर लाग्छ । पदाधिकारी तथा कर्मचारी नियुक्तीमा व्यक्तिका संस्था सञ्चालन गर्ने दृष्टिकोण, क्षमता, कला, सिप, ज्ञान, विवेक भन्दापनि नातावाद र दलगत स्वार्थले प्राथमिकता पाउँछ कि भन्ने जनगुनासो सुनिन्छ । रेडक्रसका लागि जग्गा खरिदमा, भवन निर्माणका ठेक्कामा, २०७२ सालको भूकम्पले ध्वस्त संरचना पुनर्निर्माणका लागि डकर्मी तालिममा, प्रिफ्यावको स्वास्थ्य चौकी निर्माणमा चरम भ्रष्टाचार भएका कुराहरू विभिन्न पत्रपत्रिका लगायत अन्य सञ्चारका माध्यममा छ्यापछ्याप्ती प्रकाशन र प्रसारण हुँदा ग्लानीबोध हुन्छ । दाताले संस्थाका लागि बनाईदिएको भवन नीजि अस्पताललाई भाडामा लगाउँदा र सरकारले भवन निर्माण गर्न दिएको जग्गा आपूmखुसी कौडीको भाउमा विक्री गरेका समाचारले संस्थासँग आवद्ध व्यक्तिहरूको अनुहारमा कालो पोतिएको आभास हुन्छ । एउटै अनुहार वर्षाैसम्म त्यही संस्थामा लिसो टाँसिएजस्तै टाँसिनुमा पनि आत्म–मूल्याङ्कन गर्न नसक्ने व्यक्तिहरूका नेतृत्वका कारण संस्थाका आधारभूत सात सिद्धान्त र सेवाभाव र आदर्शहरू आफै लज्जित भएको मलाई आभास हुन्छ ।
निष्कर्षः
सूचना प्रविधिको युगसँगै विकसित नविनतम आविष्कारहरूले व्यक्तिवादी र दलगत स्वार्थ प्रेरित कुकर्म र भ्रष्टाचारहरू अब छोपिन सक्दैनन् । भनाई र गराई, अनुहार र भित्रीरूप वीचको फरक बुझ्न सक्ने चेतना अब आम नागररिकमा दर्विलो रूपले जागृत भएको छ । विगतका गल्ती, कमजोरीबाट पाठ नसिकी सच्चिने होइन भने त्यस्ता व्यक्ति अव सक्किने मार्गमा लागे भन्ने बुझ्नुपर्दछ । यदी रेडक्रस संस्थासँग आवद्ध पदाधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले रेडक्रसका सात आधारभूत सिद्धान्त, पाँच सेवाभाव र आदर्शलाई आफ्ना काम, कर्तव्य, जिम्मेवारीलाई मापन गर्ने आधार मानी अगाडी बढ्ने हो भने माथि उल्लेखित चुनौतिहरू सहजै सामना गर्न सकिन्छ । विभिन्न मतभेदका सीमादेखि माथि उठेर मानव समाजले युद्ध, द्वन्द्व, प्राकृतिक प्रकोप र अन्य आपतकालीन अवस्थाका कारण भोग्नुपरेका दुःख, रोग, भोक, शोकको निराकरण गरी समग्र मानव जातिका अनुहारमा कान्तिमय शान्ति झल्काउन मेरो तर्फबाट निःस्वार्थ सेवा प्रदान गर्छु भन्ने मन, वचन र कर्मले प्रण गरौं । अन्तमा कवि जे.एल.एसका काव्यिक शब्दहरूः
जो छन् दुःख र दर्दका नगिचमा जाउ उनैका भनी,
सेवा मानवको गरेर सबले साथी बनौं हरघडी ।
अर्काको दुःख, कष्ट औं बिपदमा हामी अगाडी सरी,
रेडक्रसले यही भन्छ हेर सगिहो सेवा गरौं हरघडी ।।
यो मन्त्रलाई अक्षरशः व्यवहारमा लागू गर्रौं भन्ने निवेदन गर्दै यस लेखनीको यही नै विट मार्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?