© २०२३
बुटवल, २४ बैशाख ।
बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा अन्तिम चारको टुगो लागेको छ । बुधबार भएको दुई क्वाटरफाईनल खेलमा विजयी हुदै वडा नं. १२ र वडा नं. ११ अन्तिम चारमा स्थान बनाएसंगै अन्तिम चारको टुगो लागेको हो । विहिबार पहिलो सेमीफाईनल खेल वडा नं. १२ र वडा नं. १७ का बिचमा पहिलो सेमीफाईनल खेल हुनेछ भने वडा नं. ११ र वडा नं. १० का बिचमा दोस्रो सेमीफाईनल खेल शुक्रबार हुने संघका अध्यक्ष गणेश बोहराले बताए ।
सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा वडा नं. १२ ले वडा नं. १४ लाई ४–१ गोल अन्तरले पराजित गरेको हो । वडा न. १२ को जितमा खेलको २२ औ र ३२ औ मिनेटमा सागर जिसी, २७ औ मिनेटमा भुवन फौजाले तथा सरद क्षेत्रीले ५७ औ मिनेटमा गोल गरे । खेलमा वडा नं. १४ का सागर थापाले खेलको ५८ औ मिनेटमा सान्त्वना गोल गरे ।
खेलमा वडा नंं १२ का सागर जिसी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ३ लाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । वडा नं. ११ को जितमा खेलको ११ औ र २० औ मिनेटमा समुन्द्र ज्ञवाली, १७ औ मिनेटमा दर्शन बिक र ३५ औ मिनेटमा मिलन आलेले गोल गरे । खेलमा वडा नं. ११ का मिलन आले प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।