© २०२३
बुटवल, २१ बैशाख । बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं ३ विजयी हुदै अन्तिम आठमा स्थान बनाएको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा आईतबार बिहान भएको खेलमा वडा नं. ४ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नं. ३ अन्तिम आठमा स्थान बनाएको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको खेलमा वडा नं. ३ को जितमा अनुज गैरेले खेलको १४ औ मिनेट तथा भुवन गाहाले खेलको ३१ औ मिनेटमा गोल गरेका थिए । खेलमा वडा नं. ३ का सुजन घले प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको प्रचार विभाग प्रमुख अमित भण्डारीले बताए ।