ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

विदेशमा आफन्तको मृत्यु भए पालिकाले नै गर्न सक्छ सहजीकरण

बैदेशिक रोजगारीको क्रममा निधन भएका आफन्तको शव स्वदेश ल्याउने, आर्थिक सहायतामा पालिकाले नै सहजीकरण गर्दै आएका छन् ।
२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

बुटवल, २१ बैशाख ।

बैदेशिक रोजगारीको शिलशिलामा रहेका देवदह नगरपालिका वडा नम्बर ६ का एक पुरुषको गत बर्षको चैत १९ गते ओमनमा निधन भयो । परिवारले विदेशमा रहेको उनको शव ल्याउनको लागि सम्बन्धित निकायमा पहल थाले । उनीहरू बैदेशिक रोजगार बोर्डमा आफ्नो समस्या राखे । तर त्यहाँबाट स्थानीय पालिकाबाट नै पहल कदम अगाडि बढाउन सकेमा सहज हुने जवाफ आयो । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले यो दुःखमा सहजीकरण गरे ।

स्थानीय तहबाट यसको सहजीकरण भनाइ काम हुने विषयमा आफन्त अनविज्ञ थिए । टोल विकास संस्था मार्फत देवदह नगरपालिकामा उक्त सव नेपाल ल्याउने र संस्कार अनुसार कार्य गर्ने आफन्तहरूको भनाई पछि रोजगार शाखाका दिनेश लम्सालले यो विषयमा कार्य अगाडि बढाए । खासगरी कुनै पनि रोजगारीको शिलसिलामा विदेशमा निधन भएका आफन्तहरूको शव व्यवस्थापन र स्वदेशमा ल्याउने र परिवारको जिम्मा लगाउने काम बैदेशिक रोजगार बोर्डको कार्यालयले गर्दै आएको छ ।

यसका लागि पालिकाले बेला बेलामा टोल टोलमा नागरिक सचेतना कार्यक्रम गर्र्दै आएको छ । बैदेशिक रोजगारीमा जाने रोजगारकर्मीहरूको लागि तालिम तथा अनुशिक्षण गर्दा टोल विकास संस्थासम्म यसको जानकारी पुग्न थालेको छ ।
संविधानले दिएको स्थानीय तहको अधिकार बाडफाँडमा नेपालको संविधान अनुुसूची ९ को साझा अधिकार सूची अन्तर्गत ११ नम्बरमा बुँदामा व्यक्तिगत घटना, जन्म, दर्ता, मृत्यु, विवाह तथ्यांक विवरण राख्न सकिने अन्तर्गत ३ तहका सरकारका बीचमा सहकार्य हुँदै आएको छ ।

स्थानीय तहलाई यसको सफ्टवेयर व्यवस्थापन, डाडा ईन्ट्री लगायतका कार्य स्थानीय तहबाट हुँदै आएको विषयमा अधिकांस मानिसहरू अनविज्ञ छन् । देवदह नगरपालिकाका रोजगार शाखा संयोजक लम्सालका अनुसार यो विषयमा नागरिकले जानकारी नपाउँदा अझै पनि काठमाडौ धाउनुपर्ने, बैदेशिक रोजगार बोर्डको कार्यालयमा पटक पटक धाउँदै आएको बताउँछन् । तर स्थानीय पालिका बाट नै सफ्टवेर मार्फत सबै विवरण पेश गरेपछि, बीमा, रोजगारी दाताले सम्झौता लगायतका विषय हेरेर दूताबास अनुसार शव व्यवस्थापन हुँदै आएको छ ।

देवदह नगरपालिकाले स्थानीय तहमा बैदेशिक रोजगारीमा गएर निधन भएका नागरिकहरूको शब व्यवस्थापनको लागि हालसम्म १७ वटा भन्दा बढि काममा सहजीकरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । स्थानीय पालिकामा बैदेशिक रोजगारी सम्बन्धी सहजीकरणको व्यवस्था अख्तियारी प्राप्त भएपछि पालिकाले बैदेशिक रोजगारीमा जानेहरूको लागि परामर्स, तालिम, सीप सहितको रोजगारीको लागि पनि सहजीकरण गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बैदेशिक रोजगारीको शिलशिलामा निधन भएका नागरिकको शव व्यवस्थापन, आर्थिक सहायतको लागि सहजीकरण गर्दै आएको छ । पालिकाका रोजगार शाखा संयोजक शंकर ज्ञवालीका अनुसार यदि कुनै घटना, दुर्घटना वा अन्य कारणले विदेशमा मृत्यु भएका नागरिको शव व्यवस्थापन, आर्थिक सहायतको लागि पहल गर्नको लागि काठमाडौंमा गएर महिनौं सम्म पनि लाग्ने गरेकोमा स्थानीय पालिबाट नै सहजीकरण, बैदेशिक रोजगार बोर्डको कार्यालय, दूताबात सम्म पनि कार्य हुँदै आएको छ ।

जसबाट हालसम्म पालिकामा यसको अख्तीयार आएपछि ३५ जनाको शव व्यवस्थापनमा पालिकाले सहजीकरण गर्दै आएको रोजगार शाखा संयोजक ज्ञवालीको भनाइ रहेको छ । बैदेशिक रोजगारीमा रहेका नागरिकको निधन भएमा आफन्तहरूले पालिकामा आएर निवेदन दिए पश्चात सफ्टवेर मार्फत सबै विवरण भरेपछि बैदेशिक रोजगार बोर्डको कार्यालय र दुतावास मार्फत शब व्यवस्थापनमा सहजीरकण हुँदै आएको छ । साथै स्थानीय पालिका मार्फत आउने आर्थिक सहायता समेत सहजीकरण पालिकाले गर्दै आएको छ ।

श्रम सम्झौता गरेर गएका व्यक्तिको निधन भएमा बैदेशिक रोजगार बोर्डको कार्यालयले गत कार्तिक महिना देखि १० लाख रूपैयाँ आर्थिक सहयाता प्रदान गर्दै आएको छ । कुनै कम्पनीले समेत रोजगार स्थलमा बीमा गरिदिने गरेको कारण बीमा बापतको रकम पनि आफन्तले पाउने गरेका छन् । यसको साथै १८ बर्ष भन्दा मुनिका विद्यालय उमेरान पढ्दै गरेका बालबालिकाहरूले पनि अध्ययनको लागि निश्चित छात्रावृत्ति पनि बोर्डले उपलब्ध गराउँदै आएको छ । तिलोत्तमा नगरपालिकामा यो आर्थिक बर्षमा ७ जना यसरी बैदेशिक रोजगारीमा रहेको बेला निधन भएका व्याक्तिको शब व्यवस्थापनमा सहजीकरणको काम गरेको छ ।

बुटवल उपमहानगरपालिकाले पनि केही समय पहिला भारतको कस्मीरमा निधन भएका बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का एक पुरुषको नेपालमा शव ल्याउनको लागि नगर प्रमुख खेलराज पाण्डेयले नै पहल गरेका थिए । उनको पहलमा बेलहिया नाका सम्म गएर नेपालमा शव ल्याउनका लागि भूमिका समेत निर्वाह गरेका थिए ।
बुटवल उपमहानगरपालिकाले बैदेशिक रोजगारीको क्रममा निधन भएका यो आर्थिक बर्षमा २ वटा शब व्यवस्थापन र नेपाल ल्याउनको लागि बैदेशिक रोजगार बोर्डको कार्यालय मार्फत सहजीकरण गरेको छ । पालिकाका रोजगार शाखा प्रमुख अरविन्द पाण्डेका अनुसार ५ वटा सव को सहजीकरण पालिकाले गरेको हो । भने यो आर्थिक बर्षमा २ वटाको काम भैरहेको छ ।
यी केही प्रतिनिधि उदाहरण मात्रै हुन । स्थानीय पालिकाहरूले बैदेशिक रोजगारको क्रममा विदेशमा निधन भएका आफन्तहरूको स्वदेशमा नै शब ल्याउनको लागि पहल गर्ने, पिडामा मल्हम लगाउने देखि लिएर आर्थिक सहायता ऐन नै बनाएर गम्भिर प्रकृतिका रोग लागेका आफ्ना नागरिकहरूलाई आर्थिक सहायता समेत दिँदै आएका छन् ।
बुटवल उपमहानगरपालिकाले बुटवल उपमहानगरपालिका भित्र अध्ययन गर्दै आएका ३ जना एचआईभी संक्रिमत बालबालिकाहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्दै आएको छ । यसरी एचआईभी संक्रमित बालबालिकाहरूको आर्थिक अभावको कारण शिक्षाको न्यानो घामबाट बञ्चित हुन नपरोस भन्ने हेतुले बुटवल उपमहानगरपालिकाले नियमित भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।

नगर प्रमुख खेलराज पाण्डेका अनुसारपालिका भित्र रहेका ३ जना एचआईभी संक्रमितबाल बालिका जो विद्यालय जाँदै आएका छन् । उनीहरूको लागि पालिकाको बैठकबाट निर्णय गरेर नियमित ३ हजार रूपैयाँ रकम उपलब्ध गराउँदै आएको हो । यसको लागि पालिकाले सबै विवरण भने गोप्य राखेको छ । पालिकाले १८ बर्ष मुनिका एचआईभी संक्रमित बालबालिकाहरूको लागि पोषण स्तर सुधार गर्न मासिक ३ हजार रूपैयाँ प्रदान गर्दैै आएको हो । यसरी नगरपालिकाको नियमित रूपमा ३ हजार रूपैयाँ रकम उपलब्ध गराएपछि उनीहरूले शैक्षिक क्षेत्रमा तथा आफ्नो पोषणको लागि उपयोग गर्दै आएका संक्रमित बालवालिका अभिभावकले बताउँछन् । विद्यालयमा स सानो भएपनि हौसला स्वरूपमा नगरपालिकाले यो कार्यक्रम ल्याएकोमा नगरपालिकालाई धन्यबाद दिएको एक अभिभावकले बताए । उनले आफ्नो परिवारिक अवस्था समेत नाजुक भएको कारण पालिकाबाट प्रदान गर्ने सानो रकमको भएपनि सहयोगले राहत प्रदान गरेको बताए ।

स्थानीय पालिकाले यो वाहेक गम्भिर प्रकृतिका रोग लागेका आफ्नो पालिका भित्र बसोबास गर्दै आएका स्थानीयहरूलाई समेत आर्थिक सहायता ऐन निर्माण गरी सहयोग गर्दै आएका छन् । बुटवल उपमहानरपालिकाले गम्भिर प्रकृतिका विरामीहरूको लागि उपचार सहयोग कार्यविधी नै निर्माण गरी आर्थिक सहयोग गर्दै आएको छ । यसको अलवा बुटवल उपमहानगरपालिकाले नगर स्वाथ्य ऐन २०७५ समेत लागू गरेको छ । जसले गम्भिर प्रकृतिका रोग लागेका नागरिकलाई थप आर्थिक सहायता दिँदै आएको छ ।

बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद पाण्डेका अनुसार संघीयता पश्चात अधिकार प्रत्यायोजनको एउटा नमुनाको रूपमा बैदेशिक रोजगारीमा निधन भएका व्यक्तिहरूलाई राहत प्रदान गर्ने लगायतका कुराहरू आउनु आफैमा राम्रो पक्ष भएको बताउँछन् । यो कुनै अधिकार प्रत्योजन भन्दा पनि सहजीकरण र जनताले सेवा सुविधा पाउने कुरामा यसले जोड दिएको उनको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले मा रहेको गाउँपालिका तथा नगरपालिका काम, कर्तव्य र अधिकार सम्बन्धी परिच्छेद ३(थ) को ७ मा सुरक्षित बैदेशिक रोजगार र बैदेशिक रोजगारीमा रहेका व्याक्तिहरूको श्रमशक्तिको सूचना केन्द्र, व्यवस्थापन, सूचना संकलन, तथ्यांकको व्यवस्थापन, राहत र उदारको समेत व्यवस्था गरेको छ । सोही अनुसार पालिका स्थरमा समंन्वयतत्मक अधिकार प्रत्योजन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?