© २०२३
बुटवल, २० बैशाख ।
बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं १४ र ८ विजयी भएका छन । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा शनिबार बिहान भएको पहिलो खेलमा वडा नं. १४ ले वडा नं. १५ लाई ४–२ तथा वडा नं. ८ ले वडा नं. २ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
सिद्घेश्वर खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. १४ का अनिस पोखरेलले ३० र ५९ औ मिनेटमा तथा सागर बिकले ३९ तथा रोशन थापाले आत्मघाती गोल गरेका थिए । यसैगरि वडा नं. १५ का दिपेश थापाले खेलको २२ औ मिनेट तथा प्रज्वल सुवेदीले खेलको १० औ मिनेटमा गोल गरे । प्रतियोगितामा वडा नं. १४ का अनिस पोखरेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दिउसो भएको दोस्रो खेलमा वडा नं. ८ का सुनिल थापाले ४८ औ मिनेट, ५० औ मिनेटमा बुद्धि थापा र ६६ औ मिनेटमा आशिष थापाले गोल गरेका थिए । वडा नं. २ का सुशिल श्रेष्ठले खेलको ३१ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा वडा नं. २ का समिर केसी प्लेयर अफ दी म्याचाबाट पुरस्कृत भए ।
आईतबार बिहान ८ बजे वडा नं ३ र ४ तथा दिउसो वडा नं १२ र ९ का बिचमा खेल हुने प्रचार विभाग प्रमुख अमित भण्डारीले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।