ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

मकैले भरिँदै भकारी

४२ जना किसानले ४० विघा क्षेत्रफलमा मकै खेती बाट एक सिजनमा ५५ लाख बढी आम्दानी गर्न सफल भएका छन् । यहाँ उत्पादन भएको मकैका लागि बजारीकरणको कुनै चिन्ता छैन ।
१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

बुटवल, १७ बैशाख ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मोतिगञ्जका अधिकांस किसानले मकै लगाउने समयमा खेत यत्तिकै बाँझो हुन्थ्यो, कुनै–कुनै किसानले पशु चौपायालाई दानाको लागि र घरमा केही मात्रामा उपभोग गर्ने गरी मकै रोपे पनि त्यसले व्यवसायीकरण लिन सकेको थिएन् । आज भन्दा ४ बर्ष पहिला यो अवस्था देखेपछि बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीले बुटवल १४ को मोतिगञ्ज क्षेत्रलाई मकैको हव बनाउने गरी योजना बनाए । सोही अनुसार संघीय सरकारले पनि मकै पकेटको क्षेत्रको लागि कार्यक्रम ल्यायो ।

अनि जन्मीयो मिलीजुली कृषक समुह । १६ जना किसानको ७ विघा क्षेत्रफलबाट मकै खेती सुरुवात गरिएको उक्त कार्यक्रमको व्यवस्थापन, चाहिने यन्त्र तथा उपकरण, प्राविधिक सीप, मकैको बीउ लगायतमा अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना को मकै पकेटबाट आउने भयो । जसको लागि न्युतम पनि २० हेक्टर करिव ३० विघा क्षेत्रफल चाहिने भएको कारण गठन भएको मोतिगञ्ज मकै पकेट सञ्चालक समितिले क्षेत्र विस्तार गरी वडा ननम्बर १९ पनि समावेश गरियो ।

मकै पकेट ३ बर्ष सम्म सञ्चालन भएपछि संघीय सरकारबाट पैसा आएन । बुटवल उपमहानरपालिकाले यसलाई निरन्तरता दिएको छ । मकै पकेट सञ्चालन समतिका संयोजक मुरारी खनालका अनुसार अनुसार मकै पकेट ३ बर्ष सम्म चलेपछि हट्ने अवस्थामा किसानहरूको एक मत, पालिकाबाट पनि भएको सहयोगको कारण अहिले ४२ विघा भन्दा बढिमा मकै खेती भैरहेको छ । गत बर्ष किसानहरूले ४२ विघा क्षेत्रफलमा मकै खेती गरी ५० देखि ५५ लाख रूपैयाँ आम्दानी गर्न सफल भएको संयोजक खनालको भनाई छ । यो बर्ष अहिले पनि धमाधम हरियो मकै बजारीकरण भैरहेको अवस्थामा किसानले ६० देखि ६२ लाख रूपैयाँ बढि आम्दानी गर्ने लक्ष्य लिएको संयोजक खनालको भनाई रहेको छ ।

अहिले उत्पादन हुने मकैको लागि किसानले गत बर्षको कार्तिक १५ देखि मंसिर १५ भित्र मकै रोप्ने गर्दछन् । मकै खेतीको लागि किसानले परियोजना मार्फत भएको आम्दानीबाट मकै रोप्ने मेसिन समेत खरिद गरेका छन्, मकै झार मार्ने विषादी, जैविक विषादी पनि पालिकाबाट सहयोग गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुुसार न्यूनतम पनि किसानले प्रति कठ्ठा १० हजार रूपैयाँ हरियो मकै विक्रिबाट आम्दानी गर्दै आएका छन् । व्यवसायीले घर घर नै मकै खरिदको लागि जाने गरेको छ ।

हरियो मकै विक्रि नभएमा किसानले त्यसलाई घोगाको रूपमा मकै छोडाएर बिक्री गर्दै आएका छन् । दाना उद्योगको साथै अन्य घरासयी प्रयोजन, पशु चौपायको आहाराको लागि समेत प्रयोग हुने भएको कारण मकै बिक्री नहुने वा घाटा लाग्ने भन्ने कुनै पनि कुरा नभएको किसान नै बताउँछन् । किसान समेत रहेका मकै पकेट सञ्चालन समितिका संयोजक मुरारी खनाल भन्छन्–‘उत्पादन जति भएपनि हुन्छ, बजारको समस्या छैन, जित पनि बिक्री हुन्छ । ’

मिलीजुली कृषक समूह मार्फत ७ विघा क्षेत्रफलमा मकै खेती गरिएको थियो । त्इसको विस्तार गरिएको हो । बुटवल उपमहानगरपालिका १४ मा जग्गा भएपनि सबै किसान नआएपछि जग्गा थप आवश्यक परेपछि १९ नम्बर वडामा ३० विघा मा क्षेत्रफलमा मकै खेती भैरहेको छ । ३२ जना किसानबाट सुरुवात भएको यो अहिले पछिल्लो समयमा ४२ जना किसान आवद्ध भएका छन् भने ४० विघा क्षेत्रफलमा मकै खेती भइरहेको हो ।

बुटवल लगायतका स्थानमा हरियो मकै चितवन, नवलपरासीबाट आउने गरेकोमा ४ बर्ष देखि बुटवलकै उत्पादन बुटवलमा प्रयोग हुने गरेको छ । विभिन्न होटलहरूमा स्वीटकनको रूपमा समेत प्रयोग हुनुको साथै मकै पोलेर विक्रि गर्ने व्यवसायी, घरमा उपभोगको लागि लैजाने उपभोक्ता सहित मकै स्वाथ्यको लागि उसुनेर समेत खान स्वादिलो हुन्छ ।
मोतिगञ्ज मकै पकेट सञ्चालन समितिले परियोजना मार्फत मकै छोडाउने मेसिन ३ वटा, सिड रिपर २०,२२ वटा, सुरक्षित विषादी छर्ने मेसीन १९, १८ वटा खरिद गरेर आलै पालो प्रयोग गर्दै आएको छ । समुहमा आवद्ध किसानहरू मध्ये न्युनतम ५ कठ्ठा, अधिकतम २ विघा क्षेत्रफलमा समेत किसानले खेती लगाएका छन् ।

कतिपय किसानले आफ्नो जग्गा नभएपनि जग्गा भाडामा लिएर पनि मकै खेती लगाएका हुन । हरियो मकै सिजनमा बढि उत्पादन हुने भएको कारण त्यसको बजारीकरणमा प्रतिस्पर्धा हुने भएकाले मकैको विविधीकरणको लागि समेत पालिकामा आवेदन आएको नगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसी बताउँछन् । यसको लागि पालिकाले मकैको केक, बनाउने, मकैको रोटी बनाउने, मकैको विष्कुट बनाउने गरी तालिम आयोजना गर्ने गरी योजना समेत बनाएको छ । यो बर्ष किसानले ६० देखि ६२ लाख रूपैयाँ आम्दानी गर्ने योजना बनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?