© २०२३
बुटवल, १६ बैशाख ।
१८ औ मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को तयारी पुरा भएको छ । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटी रुपन्देहीको आयोजनामा यही बैशाख १८ बाट हुने भएको हो ।
प्रतियोगिताको टिम दर्ता, खेलमैदानको मर्मत लगायतका सबै तयारी पुरा भएको संघका नगर अध्यक्ष गणेश बोहरा बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने उनले बताए । उपविजेता टिम नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत नगदबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।
मंगलबार बुटवलमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य कल्पना पाण्डेय मगरले खेल क्षेत्रको विकासमा युवाको योगदान महत्वपूर्ण रहेको बताईन । ‘सबैबाट सहयोग र सद्भावबाट यो अघि बढ्ने हो ।’–उनले भनिन ।
कार्यक्रममा नेकपा एमाले पार्टी, बुटवल नगर कमिटि अध्यक्ष शोभाखर पोखरेलले खेल मार्फत युवाहरुलाई एकतावद्घ, अनुशासित र रचनात्मक कार्यमा अघि बढाउन सकिने बताए ।
कार्यक्रममा नेकपा एमाले बुटवल नगर कमिटिका उपाध्यक्ष माधव खनाल, युवा संघ केन्द्रिय सदस्य मनोज गौचनले प्रतियोगिताको सफलताको शुभकामना दिदै सधै साथ सहयोग रहने बताए । १७ औ संस्करणमा वडा नं ६ विजेता रहेको छ । उद्घाटन खेल वडा नं ६ र वडा नं १६ का बिचमा हुने भएको छ ।