ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

किसानले बेचे डेढ करोडका खसी

९ बैशाख २०८२, मंगलवार
९ बैशाख २०८२, मंगलवार

सल्यान, ०९ बैशाख ।

एउटै गाउँपालिकाका किसानले सहकारी मार्फत करिब डेढ करोड रूपैयाँको खसी बिक्री गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाले सहकारी मार्फत खसी बिक्री गर्दा प्रतिकिलो २० रूपैयाँ अनुदान दिने भएपछि किसानहरू बाख्रापालन व्यवसायमा आकर्षित भएका हुन् । चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म किसानहरूले सहकारी मार्फत एक करोड ३९ लाख ११ हजार ७३४ रूपैयाँ बराबरको खसी विक्रि गरेको गाउँपालिकाले जनाएको छ । पशु सेवा शाखाका प्रमुख वसन्त रावतका अनुसार नौ महिनाको अवधिमा पाँचवटा सहकारी मार्फत किसानले उत्पादन गरेका ८४० खसी निर्यात भएका छन् ।

दुर्गा भवानी उद्यमी महिला सहकारी मार्फत ४१८ खसी बिक्री गरेर किसानले ५८ लाख २० हजार ३०५ रूपैयाँ आम्दानी गरेका छन् । यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारी मार्फत १८८ खसी बिक्री गरेर ३७ लाख नौ हजार ४४२ रूपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारीमार्फत १३७ खसी बिक्रि गरेर २४ लाख १० हजार ७४१ रूपैयाँ र त्रिवेणी पशुपालन व्यवसायिक सहकारी मार्फत ९७ खसी विक्रि गरेर १९ लाख ७१ हजार २५५ रूपैयाँ किसानले हात पारेको पशु सेवा शाखा प्रमुख रावतले जानकारी दिए ।

कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाले सहकारी तथा समूहमार्फत एकसय किलो भन्दा बढी खसी बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रूपैयाँ उपलब्ध गराउँदै आएको छ । साथै व्यवस्थापनका लागि प्रतिकिलो एक रूपैयाँको दरले सहकारीलाई समेत रकम उपलब्ध गराउनेगरेको छ । आर्थिक वर्ष २०७६/०७७ देखी नै गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको जनाउँदै गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले वडा नम्बर २ ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरिएको बताए । “किसानहरूले खसीबोका बिक्रि गरेर राम्रो आम्दानी गर्दै आईरहनुभएको छ”, उनले भने, “व्यापारीहरूले आफूखुसी खसीबोकाको मूल्य निर्धारण गर्दा किसानहरू मारमा पर्ने गरेको गुनासो पनि थियो । सहकारी मार्फत खसीबोकाको बजारीकरण भएदेखि किसानहरू खुसी हुनुहुन्छ ।”

गत आर्थिक वर्षमा मात्रै त्रिवेणीका किसानहरूले सहकारी मार्फत दुई करोड ३६ लाख ३० हजार ६२९ रूपैयाँको खसी बिक्री गर्दै पालिकाको अनुदान समेत पाएका थिए । खसी विक्रिका लागि गाउँपालिकामा समूह, सहकारी सूचिकृत हुन सक्ने भएपनि यस वर्ष पाँच वटा सहकारी संस्था मात्रै सुचिकृत भएका छन् । गाउँपालिकाले पशु सेवा शाखामार्फत पशु स्वास्थ्य सेवा, पशु आहारा विकास कार्यक्रम, पशु प्रजनन सेवा, तालिम तथा पशु सेवा प्रसार कार्यक्रम, पकेट प्याकेज कार्यक्रम, व्यावसायिक फार्म प्रवद्र्धन कार्यक्रम, पशुपंक्षी बजार प्रबद्र्धन र नियमनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?