© २०२३
बुटवल, २७ चैत ।
बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार क्लब, कपिलबस्तु विजयी हुदै फाईनलमा प्रवेश गरेको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा बुधबार भएको पहिलो सेमीफाईनल खेलमा आयोजक बिसपचहत्तर युवा क्लबलाई १–० गोलले स्तब्ध पार्दै राईजिङ स्टार क्लब, कपिलबस्तुले उपाधि दाबेदारी पेश गरेको हो ।
विहिबार हुने एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङ बिचको दोस्रो सेमीफाईनल विजेतासंग राईजिङ स्टारले उपाधिको लागि फाईनलमा खेल्नेछ ।
सिद्घेश्वरी खेल मैदानमा शुरुवातबाट नै खेल आक्रमक बन्यो । पहिलो हाफमा आयोजकले आधा दर्जन बढी गोलका अवसरहरु गुमायो । दोस्रो हाफमा भने कपिलबस्तुको पोष्टमा पाएका दुई वटा राम्रो अवसर गुमाउनु नै आयोजकको हारको कारण बन्यो । खेलको ५५ औ मिनेटमा राईजिङका भुमिका बुढाथोकीले डिबक्सबाहिरबाट उत्कृष्ट विजयी गोल गरिन । खेलमा राईजिङकी भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।
विहिबार हुने दोस्रो सेमीफाईनलमा एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङ बिच खेल हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए ।