ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 
यु–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिता

स्टार लगातर ३ खेलमा विजयी, विश्व स्कुलको पहिलो जित

२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

बुटवल, २४ चैत ।
बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा स्टार क्रिकेट एकेडेमी लगातार तीन खेलमा विजयी भएको छ । यसैगरि विश्व स्कुलले पहिलो जित निकालेको छ । वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार भएको पहिलो खेलमा स्टारले वेष्ट्रन क्रिकेट क्लबलाई १० बिकेट तथा दोस्रो खेलमा विश्व स्कुलले रुपन्देही क्रिकेट एकेडेमीलाई ७ बिकेटले पराजित गरेको हो ।

नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा वेष्ट्रनले टस जितेर ब्याटिङ रोजेर १४.३ ओभरमा सबै बिकेटको नोक्सानीमा केवल ४२ रनको लक्ष्य खडा गरेको थियो । वेष्ट्रनका बिराट नेपालीले ४१ बलमा १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न स्टारका अब्राहम अली र आरुष अधिकारीले समान ४–४ बिकेट लिए । झिनो लक्ष्य पछ्याएको स्टारले बिना विकेट गुमाएर ३.३ ओभरमा लक्ष्य भेटायो । स्टारका ओपनर अब्राहम अलिले १३ बलमा ३१ तथा आरुष अधिकारीले ८ बलमा ७ रनको नटआउट पारी खेले । खेलमा स्टारका अब्राहम अलि प्लेयर अफ म्याच घोषित भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर रुपन्देही क्रिकेट एकेडेमीले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ९ बिकेटको नोक्सानीमा ८१ रनको लक्ष्य खडा गरेको थियो । रुपन्देहीका सत्यम हरिजनले नटआउट १६ रन, भानुभक्त पाण्डेयले १५ रन तथा ओपनर सामो एमडी खानले ११ रनको योगदान दिए । कम स्कोरमा रोक्न विश्व स्कुलका एन्जी पाठकले २ बिकेट लिए । झिनो लक्ष्य पछ्याएको विश्व स्कुलका ब्याट्सम्यान १४.१ ओभरमा केवल ३ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । विश्वका ओपनर ब्याट्सम्यान ओजस पराजुली २० बलमा १० रन बनाउदै क्याच आउट भए । अर्को ओपनर एन्जी पाठक १० बलमा बिना खाता खोलेर क्याच आउट भईन । तेस्रो र चौथो नम्बरका ब्याट्म्यानहरु सुशान्त सुवेदी र नबिन पाण्डेयले खेललाई सम्हाले । सुवेदीले २२ बलमा ११ तथा पाण्डेयले २३ बलमा १८ रनको योगदान दिदै टिमलाई पहिलो जित दिलाए । खेलमा विश्वका एन्जी पाठक प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?