© २०२३
काठमाण्डौ ।
एएफसी महिला एशियन कप २०२६ को छनोट चरणको ड्र सार्वजनिक भएको छ। यस छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ। नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का पनि यस समूहमा छन्। यो समूहको खेल आउँदो जूनमा उज्बेकिस्तानमा हुनेछ।
फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै माथि छ। उज्बेकिस्तान ५०औं स्थानमा, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन्।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता टोलीले आगामी वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कपमा स्थान पाउनेछन्। यस प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन्। एशियन कपमा १२ वटा टोली सहभागी हुनेछन्।