Butwal Today

आईपीएल २०२५: आज हैदराबाद र लखनउ खेल्दै

१४ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आज इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुने छ। यो खेल हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने छ र बेलुका पौने ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई हराएर शानदार शुरुवात गरेको छ भने लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्ससँग पराजय भोगेको छ। यी दुई टिम बीच अहिलेसम्म चार पटक भेट भएको छ, जसमा लखनउले तीन पटक विजय प्राप्त गरेको छ र हैदराबादले एक मात्र जीत हासिल गरेको छ।

आजको खेल दुवै टिमका लागि महत्त्वपूर्ण हुनेछ, विशेष गरी लखनउको लागि जसलाई पराजयको शृङ्खलाबाट बाहिर निस्कनुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?